STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘शताब्दी पुरुषले सफल आरोही महिलालाई पुस्तक प्रकाशन गर्न आग्रह’

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २४, शुक्रबार

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विश्वमा चर्चित १४ हिमालमध्य नेपालमा रहेको १० वटा हिमालले विश्वभर देशको गौरव गाथा गाइरहेको बताउनुभएको छ । एक्पिरेन्स आउटडोर नेपालले यहाँ आयोजना गरेको ‘कल्पना ब्याक टू एभरेष्ट ः बालविवाहविरुद्ध चलाइएको अभियान–२०१९’ कार्यक्रममा शताब्दी पुरुष जोशीले भन्नुभयो, “हिन्दू धर्मशास्त्रमा हिमालका बारेमा निकै वर्णन गरिएको छ । हिमालहरु जीवात्मा हुन् । यिनीहरुमा देवताका आत्मा देवात्मा रहेका छन् ।” उहाँले सफल सगरमाथा आरोही महिला तथा पत्रकार कल्पना महर्जनलाई हिमाल आरोहणका क्रममा भोगेका सम्पूर्ण तीतामीठा अनुभव पुस्तकमा उतार्न आग्रह गर्नुभयो । जोशीले सन् १९५३ मा सगरमाथाको सफल आरोहणपछि एडमन्ड हलारीले न्युजिल्यान्डमा आफ्नो सफल आरोहणको चर्चा गरी एक पुस्तक प्रकाशन गर्दा उनको जीवनका साथै देशको अर्थतन्त्रमा बढवा भएको चर्चा गर्नुभयो । पत्रकार महर्जनले यसै वर्ष गत जेठ ९ गते दोस्रोपटक उत्तरी मोहडाबाट सफल हिमाल आरोहण गरी आफ्नो तस्बिर सरमाथाको चुचुरामा पु¥याउँदा आफू स्वयं त्यहाँ पुगेको अनुभूति भइरहेको जोशीले बताउनुभयो । सो अवसरमा कोरियन राजदूतावासका सल्लाहकार डेनिस काङले महर्जनले चलाएको अभियानमा आफ्नो सहयोग रहने बताउनुभयो । नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले युग पुरुष र युग महिला जन्माउन सफल ललितपुर जिल्ला स्वयं सम्मान भएको चर्चा गर्नुभयो । ट्रेकिङ ऐजेन्सिस एशोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष खुमबहादुर सुवेदीले महर्जनको योगदानलाई राष्ट्रले सदैव उच्च मूल्याङ्कनका साथ कदर गर्ने बताउनुभयो । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट ९नाट्टा० का अध्यक्ष अच्युत गुरागाइँले समाजको विकृतिविरुद्ध पाइला उठाउने महिलाका रुपमा पनि महर्जन चिन्न सफल हुने आँैल्याउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ‘भिजिट नेपाल टिभी डट कम’ नामक युट्युब च्यानलको उद्घाटन गर्नुभयो । शान्ति शिक्षा अभियान नेपाल नामक संस्थाका अध्यक्ष रवीन्द्र महर्जनले महालक्ष्मी नगरपालिकाभित्र रहेको भानुदय आधारभूत विद्यालयबाट आफूहरुले बालविवाह अन्त्यको कार्यक्रम शुरु गरिरहेको जानकारी दिनुभयो ।
Categorized in उपत्यका