STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्षत्रपाटी निःशुल्क चिकित्सालयको अधिवेशन सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २४, शुक्रबार

काठमाडौं – क्षत्रपाटी निःशुल्क चिकित्सालयको ६३ औं अधिवेशन सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा चिकित्सालयलाई कुमारदेव मानन्धरले तीन लाख, सूर्यमानसिंह बानियाँ र प्राणदेवी बानियाँले संयुक्तरुपमा पाँच लाख तथा अमृतराज शाक्यले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका थिए । आर्थिक सहयोग गर्नेलाई मेयर शाक्यले दोसल्ला ओढाई सम्मान गरेका थिए । सोही कार्यक्रममा श्यामबहादुर गुरुङले एक लाख, ठमेल पर्यटन बोर्डका उपाध्यक्ष गीता गुरुङले ५० हजार, मोनिका स्थापितले १५ हजार र रमेश श्रेष्ठले पाँच हजार आर्थिक सहयोग गरेका थिए । चिकित्सालयमा २० वर्षसम्म निरन्तर सेवा गरेका आँखारोग विशेषज्ञ डा. केशवराज भट्टराई, बालरोग विशेषज्ञ डा. सरिता श्रेष्ठ ताम्राकार, अनमि विमला राजभण्डारी, हेल्परद्वय चमेली गुरुङ र कृष्ण महर्जनलाई चिकित्सालयबाट नगद तथा सम्मानपत्र दिइएको थियो । मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा श्रेष्ठ खड्गीले नगद तथा सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा निःशुल्क चिकित्सालयको प्रशंसा गर्दै मेयर शाक्यले महानगरपालिका चिकित्सालयसँग सहकार्य गरी जान तयार रहेको बताए । शाक्यले चिकित्सालयको नयाँ बन्ने भवनको लागि पनि सहयोग गर्ने वचन दिए । चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको सभापतित्वमा सो कार्यक्रम भएको थियो । कार्यक्रपछि मेयर शाक्यले चिकित्सालयको निरीक्षण गरेका थिए ।
Categorized in उपत्यका