उपत्यका
-
२०७६ फाल्गुण १०, शनिबार
महाकवि जोशीका जहान रहेनन्
काठमाडौं– महाकवि गिरिजाप्रसाद जोशीका जहान हरिमाया जोशीको निधन भएको छ । फागुन ९ गते शुक्रबार टेकु अस्पतालमा जोशीको निधन भएको हो । निमोनियाको उपचार गराउँदै आएका ७९ वर्षीय जोशीका दुई छोरा र दुई छोरी छन् । छोराहरु कुञ्ज जोशी र यचु जोशी नेपालभाषाको साहत्यिक क्षेत्रमा कार्यरत छन् । दिवंगत हरिमाया जोशीको अन्तिम संस्कार शनिबार पशुपति आर्यघाटमा गरिएको थियो ।
-
२०७६ फाल्गुण ९, शुक्रबार
मछिन्द्रबहालमा सांगीतिक र साहित्यिक कार्यक्रम
काठमाडौं– अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा काठमाडौंको मछिन्द्रबहालमा फागुन ९ गते शनिबार सकल नेपाःमि नामक संस्थाकाे आयोजनामा एक साहित्यिक र सांगीतिक कार्यक्रम भएको छ । काठमाडौं मनपा २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्यले स्वागत मन्तव्य गरेको कार्यक्रममा जगतसुन्दर ब्वनेकुथि (विद्यालय)का विद्यार्थीहरुले स्वागत गीत गाएका थिए । कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले मन्तव्य राख्दै कविता प्रस्तुत...
-
२०७६ फाल्गुण ८, बिहिबार
पाटनमा इतिल्हने सम्यक फागुन १४ र १५ गते
काठमाडौं– पाँच वर्षमा एकपटक ललितपुरमा हुने सम्यक महादान पर्व यही फागुन १४ र १५ हुने भएको छ । हिरण्यवर्ण महाविहार (क्वाबहाः) को लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापनमा सो पर्व हुन लागेको हो । ् यस पर्वलाई लिच्छिविकालीन संस्कृति र सभ्यताको धरोहरको रुपमा लिइन्छ । सात सय वर्षदेखि यो पर्व निरन्तर चल्दै आएको छ । विसं १८६१ सम्म प्रत्येक वर्ष सञ्चालन हुँदै आएको यो पर्व १८६२ साल देखि...
-
२०७६ फाल्गुण ६, मंगलबार
फागुन २३ देखि दोस्रो टोखा महोत्सव
धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रको टोखा नगरपालिकाको आयोजनामा टोखा बजारमा फागुन २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाभित्रको...
-
२०७६ फाल्गुण ५, सोमबार
पुनर्निर्माण हुने वँलाछि टोल–घरको जग मेयरबाट राखिने
काठमाडौं– काठमाडौं २५ वडास्थित न्हाय्कंटोलको नरसिंह मन्दिरअगाडि रहेको वँलाछि टोल–घर (त्वाःछेँ) पुनर्निर्माण हुने भएको छ । पुनर्निर्माण समितिका अध्यक्ष मदनवीर महर्जनले टोल–घर पुनर्निर्माणमा काठमाडौं महानगरपालिकाले सहयोग गरेको जानकारी दिएका छन् । फागुन ५ गते सोमबार काठमाडौं महानगरपालिकाका मेयर तथा टोल–थाकुलीबाट पुनर्निर्माण हुने टोल–घरको जग राखिने कार्यक्रम रहेको छ ।
-
२०७६ फाल्गुण ४, आइतबार
नेपालभाषाको लघुकथा सम्मेलन सम्पन्न
काठमाडौं– ‘सः छगू फरक अभिव्यक्ति’ संस्थाको आयोजनामा १५ औं लघुकथा सम्मेलन सम्पन्न भएको छ । पाटनको इखालखु टोलमा सम्पन्न उक्त सम्मेलनमा कथाकार नःलि वज्राचार्य, काशिराम विरश र रामगोपाल आशुतोषले लघुकथा वाचन गरेका थिए । प्रत्येकले पाँच–पाँचवटा गरी १५ वटा लघुकथा सुनाएका थिए । वाचित कथाबारे साहित्यकार पुष्पराज राजकर्णिकारले टिप्पणी गरेका थिए । लघुकथा वाचन गरेका तीनैजना कथाकारलाई मोक्षबहादुर अमात्यले...
-
२०७६ फाल्गुण ४, आइतबार
ललितपुरका पूर्वमेयर शाक्य रहेनन्
काठमाडौं– नेपाली कांग्रेसका नेता एवं तत्कालीन ललितपुर उपमहानगरपालिकाका मेयर बेखारत्न शाक्यको निधन भएको छ । केही दिनदेखि बिरामी रहेका शाक्यको निधन फागुन ४ गते आइतबार बिहान भएको थियो । ५ गते सोमबार पाटनको शंखमुलमा अन्त्यष्टि हुने भएको छ । ८८ वर्षीय शाक्यका दुई छोरी र एक छोरा छन् । दिवंगत शाक्यको चिरशान्तिको कामना गर्दै आइतबार नै भिक्षु मैत्री र गुरुमांहरुबाट पुण्यानुमोदन सम्पन्न भएको छ ।...
-
२०७६ फाल्गुण ४, आइतबार
तुलाधरहरुको सामाजिक विधिव्यवहार विषयमा छलफल
न्यत (नरदेवी) टोलका तुलाधरहरुको सामाजिक विधिव्यवहारलाई लिएर छलफल कार्यक्रम भएको छ । फागुन ३ गते शनिबार न्यत तुलाधर टोल–घर (त्वाःछेँ), बुरांखेलमा उक्त छलफल कार्यक्रम भएको हो । उदाय समाज विधिव्यवहार उपसमितिका संयोजक सुमित्रा तुलाधर, समितिका संरक्षक सदस्य सागरमान तुलाधर, न्यत तुलाधर महिला समूहका अध्यक्ष मिनु तुलाधर, उदाय समाजका मुख्य सदस्य डा. सुमनकमल तुलाधर, उदाय समाज महिला समूहका अध्यक्ष कीर्ति...
-
२०७६ फाल्गुण ३, शनिबार
छत्रपाटी चिकित्सालयको स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं– छत्रपाटी निःशुल्क चिकित्सालयले फागुन ३ गते शनिबार वृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । काठमाडौंको १७ वडास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा उक्त शिविर राखिएको थियो । शनिबार बिहानको ९ बजेदेखि १ बजेसम्म भएको स्वास्थ्य शिविरमा ढल्को तथा वरिपरिका स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए । चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले टोल–टोलमा स्वास्थ्य सेवा पुर्याउने...
-
२०७६ फाल्गुण १, बिहिबार
किलागलका टोल–थकाली रहेनन्
काठमाडौं– काठमाडौं १८ वडास्थित किलागल टोलका टोल–थकाली (थाकुलि) सानुभाइ महर्जनको केही दिनअघि देहावसान भएको छ । ९७ वर्षीय महर्जन टोल तथा समुदायमा सम्माननीय व्यक्तित्वका रुपमा रहेका थिए । दिवंगत महर्जनको दाहसंस्कार काठमाडौंकै कर्णदीपमा सम्पन्न गरिएको थियो । दिवंगत महर्जनका तीनजना छोरा र एकजना छोरी रहेका छन् ।
-
२०७६ फाल्गुण १, बिहिबार
गरगहना बनाउने तालिम–भवनको शिलान्यास
काठमाडौं– काठमाडौं सुनचाँदी व्यवसायी संघको तालिम भवनको शिलान्यास काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले गरेका छन् । उक्त भवनमा संघले् सुनचाँदीका गरगहना बनाउने तालिम प्रशिक्षण केन्द्र निर्माण गर्न लागेको हो । फागुन १ गते बिहीबार काठमाडौंको कुसुमबियालाछीस्थित झ्वाःबहालमा आयोजित एक कार्यक्रमबीच सो भवनको शिलान्यास सम्पन्न भएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी, २५...
-
२०७६ फाल्गुण १, बिहिबार
नेवाः मोर्चाबाट माणिकलाल श्रेष्ठ सम्मानित
नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा प्रा. माणिकलाल श्रेष्ठको योगदानको कदर गर्दै सम्मानित भएका छन् । नेपालको वामपन्थी आन्दोलनका अगुवा, वामपन्थी बौद्धिक व्यक्तित्व र नेवारलगायत आदिवासी जनजाति मुक्ति आन्दोलनका अगुवा श्रेष्ठ नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका संरक्षक पनि हुन् । मुक्तिको लागि अथक योद्धाको रुपमा आजीवन सतिसाल बनी देश र उत्पीडित जनताको पक्षमा श्रेष्ठले...


