STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पाटनमा इतिल्हने सम्यक पर्व सुरु

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १४, बुधबार

काठमाडौं– बौद्धधर्ममा ठूलो उत्सवको रुपमा मनाइने पाटन नागबहालको इतिल्हने सम्यक पर्व बुधबार (फागुन १४) बाट सुरु भएको छ । पाँच वर्षको एकपटक यो पर्व मनाइँदै आइरहेको छ । यसपटकको ५३ औं सम्यक पर्व मनाइरहेको छ । फागुन १५ सम्म हुने यस पर्वमा उपत्यकाका विभिन्न विहार एवं महाविहारबाट बसुन्धरा, आर्यतारा, बोधिसत्व र दीपंकर तथागतलगायत देवगणलाई नागबहालमा पूजाआजाको लागि निमन्त्रणा दिई वज्राचार्य र शाक्यबाट सम्यक दान दिइने चलन छ । परम्पराअनुरुप फागुन १४ गते बुधबार बेलुकी ७ बजेदेखि देवीदेवतालाई क्रमबद्ध राखिएको र १० बजे सम्यक महादान हुने मुख्य स्थान नागबहालमा लगिएको छ । फागुन १५ गते विहीबार महाविहारका २० ज्येष्ठ व्यक्ति (स्थविरआजु)ले विशेष पुजाआजा गरी दान दिने परम्परा रहेको छ । यही दान दिने कार्य नै पर्वको मुख्य सार हो । हिरण्यवर्ण महाविहार (क्वाबहाः) को लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापनमा यो पर्व भइरहेको छ ।
Categorized in उपत्यका