STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोनाको त्रास : टोखा महोत्सव स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १९, सोमबार

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी यही फागुन २३ गतेदेखि २५ सम्म हुन लागेको टोखा महोत्सव स्थगित भएको छ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआइसकेको अवस्थालाई मध्यनजर गर्दै उक्त महोत्सव स्थगित गरिएको टोखा नगरपालिकाले एक वक्तव्य जारी गरी जनाएको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपाल पनि कोरोना भाइरसको उच्च जोखिममा रहेकोले महोत्सव स्थगन गरिएको वक्तव्यमा उल्लेख छ । नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालद्वारा हस्ताक्षरित वक्तव्यमा स्थगित गरिएको महोत्सव उपयुक्त समयमा संचालन गरिने पनि जनाइएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्व बोकेको टोखा नगरमा हुन लागेको दोस्रो टोखा महोत्सव अन्तिम तयारीमा पुगिसकेको थियो ।
Categorized in उपत्यका