STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाबाट पढाइ हुने विद्यालय ३० औं वर्षमा प्रवेश

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १४, बुधबार

काठमाडौं (फागुन १४ बुधबार)– मातृभाषामा शिक्षालाई जोड दिई नेपालभाषाको माध्यमबाट शिक्षा दिन खोलिएको काठमाडौं चागलको जगतसुन्दर ब्वनेकुथि माध्यमिक विद्यालय ३० वर्षमा प्रवेश गरेको छ । यस अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा फागुन १२ गते सोमबार एक कार्यक्रमबीच शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । ब्वनेकुथि संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले दोसल्ला ओढाएर तथा मेयर शाक्यले सम्मानपत्र हस्तान्तरण गरी जोशीलाई सम्मान गरेका हुन् । कार्यक्रममा जगतसुन्दर ब्वनेकुथिलाई विभिन्न प्रकारले सहयोग गर्नेहरुलाई पनि सम्मान गरिएको थियो । लक्ष्मीदास मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा विशेष अतिथिको रुपमा हिराकाता खातानोयाका अध्यक्ष हामाजाकी, अतिथिको रुपमा काठमाडौं महानगरपालिकाका प्रवक्ता एवं १५ वडाका वडाध्यक्ष ईश्वरमान डंगोल र काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी तारापति खरेलको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा मेयर शाक्यले नेपालभाषाबाट पढाइ हुने विद्यालय उकास्न आफै लाग्नुपर्ने बताउँदै व्यावसायिक रुपमा पनि अघि बढ्नपर्ने बताए । जगतसुन्दर ब्वनेकुथिलाई नमूना स्कुलको रुपमा रुपान्तरण गर्नुपर्नेमा उनले जोड दिए । लामो समयदेखि विद्यालयमा अध्यापन गराउँदै आएका पूर्वप्रिन्सिपलद्वय रत्नदेवी कसाः, माया मानन्धर एवं शिक्षिका भगवती जकःमि महर्जनलाई पनि कार्यक्रममा दोसल्ला ओढाई सम्मान गरिएको थियो । सम्मानित शिक्षिकाहरुलाई सम्मानपत्रसँगै प्रत्येकलाई एक लाख रुपैयाँ नगद दिइएको थियो । सम्मानित शिक्षिकाहरुको तर्फबाट रत्नदेवी कसाः र भगवती जकःमिले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयको स्थापनाकालदेखि आर्थिक र भौतिक सहयोग गर्दै आएका हिराकाता खातानो स्वयंसेवक संघलाई पनि सम्मान गरिएको थियो । सो सम्मान संघका अध्यक्ष हामाजाकीले ग्रहण गरेका थिए । साथै कार्यक्रममा लामो समयदेखि अध्यापन गराउँदै आएका शिक्षिका मधु दर्शनधारी र वर्तमान प्रिन्सिपल सुनिता मानन्धरलाई पनि सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट शिक्षकको रुपमा रोशना शाक्यलाई पनि सम्मान गरिएको थियो । एसइई परीक्षमा नेपालभाषा विषय लिई सर्वोत्कृष्ट हुनेलाई विरञ्चि नारायण मोतिमाया मानन्धर स्मृति कोषले दिने विरञ्चि मोति स्मृति पुरस्कार र शान्ति पुरस्कार पनि कार्यक्रममा दिइएको थियो । विद्यालयका विद्यार्थी सुमितरत्न सिन्दुराकार, सुकुन्दा श्रेष्ठ र विद्या खड्गीलाई उक्त पुरस्कारबाट सम्मान गरिएको थियो । कार्यक्रमका अतिथिहरु मेयर शाक्य र १५ वडा वडाध्यक्षलाई विद्यालयको तर्फबाट मतिनाको चिनो दिइएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि देखाएका थिए ।
Categorized in उपत्यका