STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवार एकांकी नाटक प्रतियोगिता हुने

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २२, बिहिबार

काठमाडौं– नेपालभाषा साहित्यको सम्बद्र्धन र विकासमा लागिरहेको प्राज्ञिक संस्था नेपालभाषा एकदेमिले नेवार एकांकी नाटक प्रतियोगिता गर्नेभएको छ । उक्त प्रतियोगिताको लागि नाटककार एवं लेखकहरुसँग आउँदो फागुन २३ गते शुक्रबार काठमाडौंको ओमबहालस्थित आलुपालु रेष्टुरेन्टमा छलफल कार्यक्रम राखेको छ । नेपालभाषाको साहित्यिक क्षेत्रमा नाटक लेखन कम हुँदै गएकोले यस्तो प्रतियोगिताको आयोजना गर्न लागेको नेपालभाषा एकदेमिले जनाएको छ । एकेदमिले जनाएअनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुनेले नगद पुरस्कार पनि प्राप्त गर्नेछ ।
Categorized in उपत्यका