STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मल्लकालीन तेल प्रशोधनशाला पुनर्निर्माण हुँदै

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २१, बुधबार

काठमाडौं– काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले स्थापना गरेको लाएकू चिकंसाः (तेल प्रशोधनशाला)को पुनर्निर्माण गरिने भएको छ । काठमाडौं महानगरपालिका २३ वडा दमकल पछाडि रहेको उक्त तेल प्रशोधनशाला ऐतिहासिक रुपमा महत्वपूर्ण मानिन्छ । कुमारीलाई तेल दलिदिन यही प्रशोधनशालाबाट नै तेल ल्याइने गरिन्थ्यो भने माघेसंक्रान्तिको दिन कुमारीको टाउकोमा हालिदिने तेल पनि यहींबाट ल्याइने गरिन्थ्यो । स्मरणीय छ, काठमाडौंमा कुमारी घर निर्माण तथा कुमारी रथयात्राको आरम्भ जयप्रकाश मल्लले नै गराएका थिए । २०७२ सालको भूकम्पले क्षतिग्रस्त यस प्रशोधनशालाको पुनर्निर्माणको लागि काठमाडौं महानगरपालिकाया मेयर विद्यासुन्दर शाक्यले फागुन २० गते मंगलबार यसको जग राखेका छन् । उक्त जग शिलान्यास कार्यक्रममा २३ वडाका अध्यक्ष मचाराजा महर्जनलगायत अन्य विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति थियो ।
Categorized in उपत्यका