STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उदाय समाजद्वारा आयोजित निबन्ध प्रतियोगिताका विजयी पुरस्कृत

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १८, आइतबार

काठमाडौं– उदाय समाजद्वारा आयोजित काठमाडौंको स्कुलस्तरीय निबन्ध प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको छ । काठमाडौंका ५ वटा विद्यालयका कक्षा ६, ७ र ८ का विद्यार्थीहरुबीच निबन्ध प्रतियोगिताका भएको थियो । प्रतियोगितामा बालसेवा माध्यमिक विद्यालय, महांकाल माध्यमिक विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, नवयुग माध्यमिक विद्यालय र शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता थियो । प्रतियोगितामा नेपाल आदर्शका सरिता शाह प्रथम, महांकालका सुहाना शाक्य द्वितीय र नवयुगका आर्यन खड्गी तृतीय भएका थिए । ग्राण्डी सिटी अस्पतालमा शनिबार (फागुन १७) भएको कार्यक्रममा प्रदेश नं. ३ का सांसद राजेश शाक्यको प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए । निबन्ध प्रतियोगिताका निर्णायक प्रा. प्रेमशान्ति तुलाधरले विजयी विद्यार्थीको घोषणा गरेका थिए । सोही कार्यक्रममा उदाय म्युजियमको लागि आर्थिक एवं विभिन्न सामग्री दिएर सहयोग गरेका दाताहरुलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि शाक्यलगायत काठमाडौं महानगरपालिका २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्य, उदाय समाजका अध्यक्ष डा. रुपज्योति कसाः, उदाय म्युजियमका संयोजक डा. सुमनकमल तुलाधर, ताम्राकार महिला समूहका अध्यक्ष प्रफुल्लकमल ताम्राकारले मन्तव्य राखेका थिए । कार्यक्रम उदाय समाजका सचिव रजनी ताम्राकारले संचालन गरेका थिए ।
सुगतरत्न सिन्दुराकारको सहयोगमा
Categorized in उपत्यका