STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

असनको सुरतश्री महाविहारमा नयाँ चक्रेश्वर नियुक्त

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १५, बिहिबार

काठमाडौं– काठमाडौं २७ वडास्थित असनटोलमा रहेको सुरतश्री महाविहार (तक्षबहाल)को चक्रेश्वर पदमा शंकरानन्द वज्राचार्य नियुक्त भएका छन् । केही दिनअघि विहारका तत्कालीन चक्रेश्वर प्रेमरत्न वज्राचार्य दिवंगत भएकाले महाविहारको धर्म परम्पराअनुसार थकालि शंकरानन्द वज्राचार्य चक्रेश्वर पदमा नियुक्त भएका छन् । फागुन १६ गते शुक्रबार धार्मिक परम्पराअनुसार सुरतश्री महाविहारमा वज्राचार्यलाई चक्रेश्वर पदबाट विभूषित गरिने कार्यक्रम रहेको छ । स्मरणीय छ, प्रख्यात तान्त्रिक गुरु सुरतवज्रको नाममा सो सुरतश्री महाविहार प्रतिष्ठा गरिएको हो ।
Categorized in उपत्यका