STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

किलागलको देवीनाच निकालिने देवघर पुनर्निर्माण हुँदै

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १६, शुक्रबार

काठमाडौं– किलागलस्थित देवीनाच (दीप्याखं) निकालिने देवघर (द्यःछेँ)को पुनर्निर्माण हुने भएको छ । देवीनाच प्रवद्र्धन तथा संरक्षण समितिले उक्त घरको पुनर्निर्माण गर्न लागेको छ । समितिका अध्यक्ष इन्द्र महर्जनले दिएको जानकारी अनुसार फागुन १९ गते सोमबार किलागलको बिज्यापुननिमा बिहानको १०ः३० बजेको साइतमा पुनर्निर्माणको शिलान्यास हुने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा हुने शिलान्यास कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर विशेष अतिथिको रुपमा उपस्थिति हुनेभएको छ । सम्पदा र संस्कृति रक्षाको लागि हुन लागेको पुनर्निर्माण कार्यमा सहयोग गरिदिन समितिका अध्यक्ष महर्जनले सार्वजनिक आह्वान पनि गरेका छन् । पुनर्निर्माण हुन लागेको देवघरबाट वर्षेनी ईन्द्रजात्राको अवसरमा देवीनाच निकालिँदै आएको छ । देवघरलाई घरमालिकले बेच्न लागेको समय देवीनाचका सदस्य तथा भक्तजनहरुबाट सहयोगस्वरुप प्राप्त चन्दाबाट उक्त देवघर किन्न सफल भएको हो । सोही घरको अहिले पुनर्निर्माण हुन लागेको हो ।
Categorized in उपत्यका