उपत्यका
-
२०७६ चैत्र ६, बिहिबार
फेता गुठी र नेवाः पत्रकारबीच छलफल
काठमाडौं– पशुपति क्षेत्रमा वैद्य समुदायले सञ्चालन गर्दैआएको फेता जात्रा यो वर्ष नमनाइने विषयमा फेता गुठी र नेवाः पत्रकार दबूबीच छलफल भएको छ । बुधबार बसेको बैठकमा फेता गुठीका सस्य जलत वैद्यले दबूका पदाधिकारीहरुसँग भेट गरी आफ्ना समस्या राखेका थिए । पशुपति विकास कोषले फेता गुठीको १३ रोपनी जग्गा अधिकरण गरेपछि त्यसको उचित मुआब्जा नदिएकोले फेता जात्रा मनाउन समस्या आएको जानकारी वैद्यले दबूका...
-
२०७६ चैत्र ६, बिहिबार
सत्यमोहन लोकसाहित्य भवनको जग शिलान्यास
काठमाडौं– वाङमय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको पाटन बखुंबहालस्थित लोकसाहित्य भवनको जग शिलान्यास सम्पन्न भएको छ । सत्यमोहन जोशीको घरलाई नै पुनर्निर्माण गरी लोकसाहित्य भवन बनाउन लागिएको हो । चैत ६ गते बिहीबार सम्पन्न शिलान्यास कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा लोक साहित्य परिषदका अध्यक्ष प्रा. प्रेमशान्ति तुलाधरले जग...
-
२०७६ चैत्र ५, बुधबार
स्वयम्भूमा वज्राचार्यहरुको गुठी मनाइयो
काठमाडौं– स्वयम्भूमा काठमाडौंका वज्राचार्यहरुको देय् आचागू (देश आचार्य गुठी) मनाइएको छ । चैत ४ गते मंगलबार स्वयम्भू र शान्तिपुरमा राजगुरुजु मञ्जुश्रीरत्न वज्राचार्यले पूजा सम्पन्न गरेका थिए । पूजापछि वज्राचार्य गुरुजुहरुलाई दान पनि दिइएको थियो । यसैक्रममा वज्राचार्य संरक्षण गुथिले एउटा सभा आयोजना गरी वज्राचार्य विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको थियो । गुथिका महासचिव मुनिन्द्ररत्न...
-
२०७६ चैत्र ५, बुधबार
लगन टोलको शीलखाना अब ‘खुल्ला चौर’ हुने
काठमाडौं– काठमाडौं महानगरपालिका २१ वडास्थित लगनमा रहेको भीमसेन थापाकालीन शीलखाना अब खुल्ला चौरमा परिणत हुनेभएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि क्षतिग्रस्त शीलखानालाई पूर्णरुपमा भत्काएर खुल्ला चौरमा परिणत गर्न लागिएको हो । शीलखाना दरबार हुँदा लगन–यंगालको बाटो नै साँघुरो रहेको थियो भने भूकम्पपछि उक्त बाटोलाई पनि चौडा गरिएको थियो । काठमाडौं २१ वडाका वडाध्यक्ष उदयचुडामणि वज्राचार्यले जनजाति खबरलाई...
-
२०७६ चैत्र ५, बुधबार
ईन्द्रजात्राको लागि गणेश र भैरव फेरिने
काठमाडौं– ईन्द्रजात्राको अवसरमा जीवित देवी कुमारीसँगै गणेश र भैरवको पनि रथयात्रा हुँदै आएको छ । यसपटकको ईन्द्रजात्रामा भने नयाँ गणेश र भैरव छानिने तयारी भइरहेको छ । वर्तमान गणेश र भैरव छानिएकाहरुको उमेर १४ वर्ष पुगिसकेकाले नयाँ गणेश र भैरव छानिन लागेको हो । ईन्द्रजात्रा व्यवस्थापन समितिले दिएको जानकारीअनुसार नयाँ गणेश र भैरव छान्नको लागि सम्बन्धित निकाय र गुठीसँग छलफल भइसकेको छ । पचाङ्ग...
-
२०७६ चैत्र ४, मंगलबार
‘नेवाः मंकाः दबू’ निर्माणमा नेवाः देय् दबूको सहकार्य
काठमाडौं– नेपालभाषा मंकाः खलःले निर्माण गरिरहेको नेवाः मंकाः दबू’ (साझा घर) को लागि नेवाः देय् दबूले सहकार्य गर्ने भएको छ । भवन निर्माणमा सहकार्यको लागि नेपालभाषा मंकाः खलःले पत्र पठाएपछि नेवाः देय् दबूको विस्तारित मुँज्याले सहकार्यको निर्णय गरेको हो । सहकार्यको लागि नेवाः दबूले नरेशकुमार ताम्राकारको संयोजकत्वमा माइलाबाबु द्यःला, सत्यनारायण डंगोल, अञ्जिता खड्गी र उमेश स्थापित रहेको पाँचजनाको...
-
२०७६ चैत्र ४, मंगलबार
सय वर्षअघिको ल्हासा पुस्तकमा
काठमाडौं– सय वर्षअघिको ल्हासा (तिब्बत)बारे लेखिएको पुस्तक शनिबार (चैत २ गते) प्रकाशनमा आएको छ । नेपाल स्काउटका गुरु जगतवीरसिंह कंसाकारले नेपालभाषामा लेखेको ‘सच्छिदँ न्ह्यःया ल्हासा’ (सय वर्षअघिको ल्हासा) पुस्तकको प्रमुख अतिथि हितकरवीरसिंह कंसाकार, २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्य र समाजसेवी पूर्णवीरसिंह कंसाकारले संयुक्त रुपमा विमोचन गरेका थिए । पुस्तकबारे बोद्धविद्वान एवं साहित्यकार लोचनतारा...
-
२०७६ चैत्र ४, मंगलबार
पनौतीबजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु
काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) आदेश जारी गरेको छ । पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कफ्र्यु आदेश जारी भएको कार्यालयले जनाएको छ । सोमबारको घटनालाई लिएर...
-
२०७६ चैत्र ४, मंगलबार
आवासक्षेत्रमा शवदाह गृह बन्न लागेकोले स्थानीय विराेधमा
काठमाडौं– ललितपुर शंखमूलको आवासक्षेत्रमै विद्युतीय शवदाह बनाउन लागिएकोमा ललितपुरका स्थानीयबासी संघर्षमा उत्रिएका छन् । विरोधको क्रममा स्थानीयले सोमबार (चैत ३ गते) ललितपुर महानगरपालिका ११ नं. वडा कार्यालय घेराउ गरी नाराबाजी गरेका थिए । वागमती फाँटमा जग्गा एकीकरण आयोजनाअन्तर्गत कित्ता नम्बर १०५७ मा पर्ने एक रोपनी तीन आना जग्गामा शवदाह गृह बनाइन लागेको हो । स्थानीयसँग सरसल्लाह नगरी आवास...
-
२०७६ चैत्र ४, मंगलबार
उपत्यकाका देवी देवता र मनुष्यलाई पशुपतिमा जात्रा हेर्ने निम्ता
पशुपति क्षेत्रकै सबैभन्दा लामो जात्राका रुपमा मनाइने वत्सलेश्वरी, बज्रेश्वरीको यात्रा शुरु भएको छ । जात्राको पहिलो दिन आज पशुपति मूल मन्दिरबाट सिफल, कालोपुल, ज्ञानेश्वर, नक्साल, कमलपोखरी, लगन, जैसीदेवल, हनुमानढोका, असन, जमल यात्रा गरी यस क्षेत्रका देवी देवतालगायत स्थानीयवासीलाई जात्रा हेर्न निमन्त्रणा गरिएको छ । यस क्षेत्रका दुध खाने र साना रुने बालकालिकालाई पनि जात्रा हेर्न निम्ता गरिने...
-
२०७६ चैत्र २, आइतबार
आनन्दसिद्धिको ‘लिजः’ प्रकाशित
काठमाडौं– समाजसुधारक आनन्दसिद्धि तुलाधरको संस्मरण, कथा एवं कविता संग्रह ‘लिजः’ शनिबार (चैत १ गते) विमोचन भएको छ । काठमाडौंको पकनाजोलमा प्रमुख अतिथि चन्द्रानन्द नेवाःले विमोचन गरेको उक्त संग्रहमा पाँचवटा संस्मरण, २४ वटा कविता व २६ वटा कथा संग्रहित छन् । नेपालभाषा परिषद्का आयोजनामा भएको विमोचन कार्यक्रमलाई कवयित्री प्रतिसरा साय्मिले सञ्चालन गरेका थिए । पुस्तकमा समाविष्ट मुख्य मुख्य रचनाबारे नेवार...
-
२०७६ चैत्र १, शनिबार
कोरना भाइरसबाट बच्न जागरणमूलक सफाइ अभियान
वाग्मती सफाइ महाअभियानलाई कोरना भाइरसविरुद्ध जनचेतना फैलाउन उपयोग गर्न थालिएको छ । सफाइ महाअभियानको ३५७औँ हप्तामा आज सिनामङ्गल पुल क्षेत्र वरपर घरआँगन, सडक, नदीलगायत स्थल सफा राखौँ भन्दै जागरण गरिएको छ । तीनवटै सुरक्षा निकायलाई गत हप्ताको सफाइ अभियानदेखि नै नआउन भनिएको छ । सुरक्षा निकाय भाइरसविरुद्ध लड्ने क्रममा अन्यत्र व्यस्त हुनुपर्ने भएकाले नआउन भनिएको हो । धेरै मानिस जम्मा हुँदा कोरना...


