STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाका महाकविको जन्मजयन्ती कार्यक्रम स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ८, शनिबार

काठमाडौं– कोरोना भाइरस पूर्वनियन्त्रणको क्रममा नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशीकोे जन्मजयन्ती मनाउने कार्यक्रम स्थगित गरिएको छ । शनिबार (चैत ८ गते) महाकविको ८२ औं जन्मजयन्ती हो । यसअघि जोशीको जन्मस्थल साँखुमा वर्षेनी उनको जन्मजयन्ती मनाउँदै आइरहेको थियो । जन्मजयन्तीको कार्यक्रमलाई पछि उचित समयमा मनाउने उनका छोरा यचु जोशीले जानकारी दिएका छन् । नेपालभाषाको साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने जोशीलाई आज पनि विद्रोही साहित्यकारको रुपमा लिने गरिन्छ ।
Categorized in उपत्यका