STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बाजा नसुनिएको पाहांचःह्रे जात्रा

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १०, सोमबार

काठमाडौं– पाहांचःह्रे जात्रा... काठमाडौंको टोल, गल्लीमा बाजा बजाएर गरिने देउताको खटजात्रा । देउता चिनाउने रातो, निलो, पहेँलो, सुन्तला विविध रङका टोपी लगाएकाहरु खट बोक्दै, खट वरिपरि बाजा बजाउँदै, भजन गाउँदै होहल्लाकासाथ हुने पाहांचःह्रे जात्रा । तर यस पटक पाहांचःह्रेको जात्रामा कतै पनि सुनिएन बाजा, होहल्ला र देउटाको खटजात्रा । कारण... कोरोना भाइरस संक्रमणबाट बच्ने पूर्वतयारी । सोमबार (चैत १० गते) परेको काठमाडौंकै ठूलो चाडको रुपमा रहेको पाहांचःह्रे जात्रा स्थगित भएको छ । विधिअनुरुप आ–आफ्नो टोलमा देउता पूजा मात्र गरी पाहांचःह्रे मनाइएको छ । वर्षेनी देउतालाई खटमा राखी बाजा बजाएर जात्रा गरिँदै आएको हो । यसपटक कुनै पनि बाजा निकालिएको छैन, न देउताको खटजात्रा नै । पाहांचःह्रेसँगै जोडिएको चैत १२ गते परेको असनमा देउता जुधाउने जात्रा पनि यसपटक स्थगित भएको छ ।
Categorized in उपत्यका