STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोना भाइरसको कारण सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ७, शुक्रबार

काठमाडौं– सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिको शुक्रबार बिहान बसेको बैठकले सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित गर्ने निर्णय गरेको छ । रथयात्रा स्थगित भएको उल्लेख गर्दै समितिले एक प्रेस विज्ञप्ति पनि जारी गरेको छ । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस पूर्वनियन्त्रणको क्रममा यस वर्ष सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित गर्नुपरेको व्यवस्थापन समितिद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यही चैत १९ गतेदेखि सुरु हुने काठमाडौंको ठूलो जात्रा सेतो मछिन्द्रनाथको रथायात्रा स्थगित भए पनि देउतालाई गर्नुपर्ने परम्परागत विधिहरु भने पूरा गर्ने निर्णय बैठकले गरेको छ । उक्त बैठकमा गुथि संस्थानका अध्यक्ष हरिनारायण चौधरी, गुठी संस्थान काठमाडौं जिल्लाका अध्यक्ष हरिप्रसाद सुवेदीलगायत सेतो मछिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
Categorized in उपत्यका