STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कोरोना भाइरसका कारण धर्मकीर्ति विहारका सम्पूर्ण कार्यक्रम स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ९, आइतबार

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) पूर्वनियन्त्रणको लागि काठमाडांै श्रीघःमा अवस्थित धर्मकीर्ति विहारले आफ्ना सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ । चैत ९ गते आइतबारदेखि धर्मकीर्ति विहार संरक्षण कोष, यसका सम्पूर्ण एकाईका पदाधिकारीहरु, सदस्यहरु, सम्पूर्ण उपासक, उपासिकाहरु र सम्बन्धित सबैमा एक सूचना जारी गरी आफ्ना कार्यक्रमहरु स्थगित भएको विहारले जनाएको छ । अब विहारका आवासीय गुरुमांहरुले नियमित बुद्धपूजा मात्र गर्ने, यसबाहेक अरुले घरमै बसी बुद्धपूजा र मैत्रीसूत्रसहितको परित्राण पाठ गर्न पनि विहारले अनुरोध गरेको छ । यसैगरी धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीको आयोजनामा हुने अल्पकालीन बाल प्रब्रज्या शिविर पनि स्थगित भएको छ । अहिलेको अवस्थामा अत्यन्त जरुरी नभएसम्म विहार पुगी गुरुमांहरुलाई नभेट्न अनुरोध गर्दै बुद्धपूजालगायत धर्मकीर्ति विहारमा हुने अन्य कार्यक्रम विहारको फेसबुक पृष्ठबाट प्रत्यक्ष प्रशारणको व्यवस्था गरिने प्रयास भइरहेको विहारले जनाएको छ ।
Categorized in उपत्यका