STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सत्यमोहन लोकसाहित्य भवनको जग शिलान्यास

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– वाङमय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको पाटन बखुंबहालस्थित लोकसाहित्य भवनको जग शिलान्यास सम्पन्न भएको छ । सत्यमोहन जोशीको घरलाई नै पुनर्निर्माण गरी लोकसाहित्य भवन बनाउन लागिएको हो । चैत ६ गते बिहीबार सम्पन्न शिलान्यास कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा लोक साहित्य परिषदका अध्यक्ष प्रा. प्रेमशान्ति तुलाधरले जग पूजा गरेकी थिइन् । जगपूजामा स्वयं सत्यमोहन जोशीलगायत मेयर महर्जन, ईन्जिनियर राजदास श्रेष्ठ सम्मिलित थिए । लोकसाहित्य भवनको अनुमानित बजेट १ करोड ५० लाख रहेको छ । नेपालका लोक साहित्य संरक्षणको लागि उक्त भवनको निर्माण हुन लागेको हो । भवन निर्माणको लागि ३ नम्बर प्रदेशका सांसद कृष्णलाल महर्जनले आफ्नो सांसद कोषबाट ५० लाख रुपैयाँ सहयोग गरेका छन् । यसैगरी उक्त कार्यक्रममा ई. राजदास श्रेष्ठले ५० हजार, समाजसेवी मोतिशान्ति शाक्यले २५ हजार तथा प्रेमशान्ति तुलाधरले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । अतिथिहरुलाई ई. श्रेष्ठले फूलमाला पहिर्याएर सहयोग गरेका थिए । कार्यक्रममा नेपालभाषा क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Categorized in उपत्यका