उपत्यका
-
२०७७ बैशाख १२, शुक्रबार
भिडियो कन्फरेन्सबाट थुनुवाको म्याद
दाङ–देउखुरी जिल्ला अदालतले बिहीबारदेखि भिडियो कन्फरेन्सका माध्यमबाट थुनुवाको म्याद थप शुरु गरेको छ । डिभिजन वन कार्यालय दाङले वन्यजन्तुको अवैध चोरीशिकार काममा पक्राउ गरी म्याद थपका लागि अदालतमा पेश गरिएका चार जनाको भिडिओ कन्फरेन्सबाट म्याद थप गरेको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिनुभयो । वन कार्यालयको थुनुवा कक्षमा रहेका आरोपितसँग न्यायाधीश भीमलाल बेल्बासेले पालैपालो भिडियोमा...
-
२०७७ बैशाख १०, बुधबार
राहतको लागि कीर्तिपुर उद्योग वाणिज्यको ५ लाख बढीको सहयोग
काठमाडौं– कीर्तिपुर उद्योग वाणिज्य संघले कीर्तिपुर नगरपालिकालाई राहत वितरणको लागि ५ लाखबराबर खाद्यान्न वितरण गर्ने भएको छ । लकडाउनको समयमा नगरबासीलाई राहत दिन संघले उक्त खाद्यान्न सहयोग गर्न लागेको हो । वैशाख १० गते दिउँसो कीर्तिपुर नगरपालिकाको भवनमा खाद्यान्न हस्तान्तरणको कार्यक्रम रहेको संघका अध्यक्ष राज्यलक्ष्मी शाक्यले जानकारी दिएकी छिन् । चामल, दाल, तेल, नुनजस्ता खाद्यान्न नगरपालिकालाई...
-
२०७७ बैशाख १०, बुधबार
क्षेत्रपाटी चिकित्सालयलाई पिपिई सहयोग
काठमाडौं – कोरोना भाइरस संक्रमणबाट बच्न क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कार्यरत चिकित्सकहरुको लागि सासा बेंक्वेटको आर्थिक सहयोगमा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) सहयोग दिइएको छ । सोनाम ब्राण्डले निर्माण गरेको २० वटा पिपिईलाई त्यही ब्राण्डका प्रमुख टासी शेर्पाले चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । वैशाख १० गते बुधबार चिकित्सालयमा आयोजिक एक कार्यक्रममा उक्त...
-
२०७७ बैशाख ८, सोमबार
लकडाउन पालना गराउन स्थानीयको बैठक
राजीव राजोपाध्याय काठमाडौं– काठमाडौं महानगरपालिका २७ र १८ वडाका स्थानीयबीच सोमबार साँझ इतुंबहालमा सामाजिक दूरी कायम गरी एक बैठक बसेको छ । कामपा २५, २७, १८ र २४ वडाका वडाध्यक्षहरु तथा जनसेवा प्रहरी वृतका सुरक्षा निकायको उपस्थिति रहेको बैठकमा आफ्नो टोलमा लकडाउनको पूर्ण पालनाको निम्ति अभियान सञ्चालन गर्ने र तरकारी पसललाई तोकिएको समयमा मात्र व्यवस्थित रुपमा खोल्न दिने विषयमा छलफल भएको थियो । टोलमा...
-
२०७७ बैशाख ५, शुक्रबार
भक्तपुर छिर्ने सवारीसाधनलाई निसङ्क्रमण गर्न शुरु
कोभिड–१९ को सङ्क्रमण रोक्न भक्तपुर प्रवेश गर्ने सवारीसाधन कीटाणु निर्मलीकरण अर्थात निसङ्क्रमण गर्न शुरु गरिएको छ । भक्तपुर प्रवेश गर्ने मुख्य दुई नाकाबाट छिर्ने सवारीसाधनको जीवाणु निर्मलीकरण गर्न निसङ्क्रमण शुरु गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । प्रमुख नाका अरनिको राजमार्ग सडकअन्तर्गत काभ्रेको साँगा र काठमाडौँको जडीबुटी नाकामा शुरु भएको र केही दिनभित्रै अरनिको...
-
२०७७ बैशाख ५, शुक्रबार
नागरिक दैनिकको समाचारप्रति खेद प्रकट
काठमाडौं– नागरिक दैनिक र नागरिक अनलाइनमा प्रकाशित ‘गर्भवती डेरा निकाला’ समाचारप्रति कीर्तिपुरको तःननि दाफा खलःले ध्यानाकर्षण जनाएको छ । शुक्रबार उक्त खलःले एक विज्ञप्ति जारी गर्दै कीर्तिपुरको मानमर्दन गर्ने, जातीय द्वन्द्व बढाउन सहयोग गर्ने तथा पत्रकारिताको आचारसंहिताविपरीत आएको नागरिक दैनिक र अनलाइनको उक्त समाचारप्रति खेद प्रकट गरेको छ । चैत ११ गतेदेखि नेपाल सरकारले जारी गरेको लकडाउन उल्लंघन गरी...
-
२०७७ बैशाख ४, बिहिबार
‘कीर्तिपुरमा राहतको लागि संघ तथा प्रदेशबाट सहयोग आएन’
कीर्तिपुर – कीर्तिपुर नगरपालिकाका उपमेयर एवं प्रवक्ता सरस्वती खड्का रिजालले राहत वितरण गर्नको लागि संघीय सरकार र प्रदेश सरकारबाट कुनै राहत सामग्री सहयोग नआएको जानकारी दिएका छन् । कीर्तिपुर नगरपालिकाले आफ्नै कोष गठन गरी तथा विभिन्न संघसंस्थाको सहयोगमा राहत वितरण भइरहेको जानकारी पनि दिएका छन् । कीर्तिपुर नगरपालिकाले प्रत्येक वडाबाट विपन्न तथा मजदुरवर्गको लागि राहत वितरण गरिरहेको छ । उपमेयर रिजाल...
-
२०७७ बैशाख २, मंगलबार
कीर्तिपुर नगरपालिकाको आकस्मिक कोष गठन
ललेन्द्र शाक्य कीर्तिपुर– कोरोना भाइरस कोभिड–१९ महामारीको समय संसार नै त्रासमा परी महामारीको भयावह परिस्थितिसँग संघर्ष गरिरहेको छ भने यस संघर्षमा नेपाल पनि परेको छ । यही भाइरस संक्रमण रोकथामको लागि नेपाल सरकारले देशभरि लकडाउन घोषणा गरेको छ भने विभिन्न क्षेत्रमा राहत वितरणको कार्यक्रम पनि संचालन गरेको छ । यसैक्रममा कीर्तिपुर नगरपालिकाले पनि नगरबासीलाई राहत वितरण थालेको छ । कीर्तिपुर नगरपालिकाका...
-
२०७७ बैशाख २, मंगलबार
विराट गुथिको ई–साहित्य वाचन
विजयरत्न असंबरे काठमाडौं– विराट नेपालभाषा साहित्य सम्मेलन गुथि, भक्तपुरको आयोजनामा सोमबार वैशाख १ गते ‘विराट ई–साहित्य वाचन’ सम्पन्न भयो । विश्वमा महामारीको रुप लिई फैलिरहेको कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुन जारी लकडाउनको समय zoom cloud meeting नामक एप्स् प्रयोग गरी कार्यक्रम सञ्चालन गरिएको थियो । गुथिका पूर्वअध्यक्ष एवं सल्लाहकार त्रिरत्न शाक्यले आफ्नो कविता वाचन गरी कार्यक्रमको उद्घाटन...
-
२०७७ बैशाख १, सोमबार
स्थानीय निकाय र सुरक्षा प्रशासन कमजोर रहेको कीर्तिपुरबासीको आरोप
ललेन्द्र शाक्य कीर्तिपुर– कोहलपुरबाट कीर्तिपुर बस्न आएका गर्भवती महिला र उनको श्रीमान्को ‘पावर’ र अहंको कारण कीर्तिपुरमा तनाव उत्पन्न भएपछि स्थानीय निकाय र प्रशासन कमजोर रहेको स्थानीयले आरोप लगाएका छन् । कोरोना भाइरस संक्रमण आशंकित ती दम्पत्ति ८ दिनअघि कोहलपुरबाट कीर्तिपुर आइपुगेका थिए । यता आएर क्वारेन्टाइनमा नबसेकाले स्थानीयले त्यसको विरोध गरेपछि यसले तनावको स्थिति ल्याएको थियो । कीर्तिपुरका...
-
२०७६ चैत्र ३०, आइतबार
कीर्तिपुरका भाषासेवी प्रधान रहेनन्
कीर्तिपुर– कीर्तिपुरका नेपालभाषा सेवी एवं स्वास्थ्यकर्मी ईश्वरमान प्रधानको चैत २९ गते शनिबार निधन भएको छ । लाय्कू टोलमा बस्दै आएका प्रधान त्रिभुवन विश्वविद्यालयबाट सिअहेबको पढाइ सकाएर परोपकार स्वास्थ्य सेवामा कार्यरत हुनुहुन्थ्यो । उनी त्रिशुली हाइड्रो पावरका जागिरे पनि थिए । जागिरे जीवनमा उनी त्रिशुलीमै बस्ने गर्दथ्यो । त्रिशुलीको बसाइँमा पनि प्रधानले आफ्नो मातृभाषा नेपालभाषाप्रतिको लगावको कारण...
-
२०७६ चैत्र ३०, आइतबार
कीर्तिपुर २ वडामा राहत वितरण
ललेन्द्र शाक्य कीर्तिपुर – कोरोना भाइरस संक्रमण रोकथामको लागि लागू गरिएको लकडाउनको समय वडाबासीलाई खाद्यान्न अभाव हुन नदिन कीर्तिपुर नगरपालिका २ वडाले राहत वितरण गरेको छ । शनिबार (चैत २९ गते) मैत्री नगरमा बहालमा बस्ने तथा विपन्न वर्गको लागि राहत वितरण गरिएको थियो । मैत्री नगरमा करिब ३३० घरपरिवारलाई राहत वितरण गरिएको जानकारी २ वडाका वडाध्यक्ष एवं कीर्तिपुर नगरपालिका सम्पदा पर्यटन विभाग प्रमुख...


