STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७६ आषाढ १, आइतबार

    बालश्रममुक्त बनाउन घरदैलो अभियान

    जिल्लाको जिल्ला दिपायल सिलगढी नगरपालिकाले आफ्नो नगरपालिकालाई बालश्रममुक्त बनाउनका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । आफनो नगर क्षेत्रभित्रमा बालश्रमिक राख्नेलाई कडा कारवाही गर्ने अभियान चलाएको नगरपालिकाले पछिल्लो समय घरघरमा गएर बालश्रम नराख्न पोष्टर, पम्पलेट टाँस गर्न थालेको छ । नगरपालिकाभित्रका विभिन्न निजी घर, पसल तथा होटलमा बालश्रमिक राखिएको भन्दै यहाँको नगरपालिकाले बालश्रमिकलाई हटाउन थालेको...

  • २०७६ जेठ ३१, शुक्रबार

    इन्धन खर्चको रकम बालबालिकालाई

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूले प्राप्त गरेको यातायात इन्धन खर्चबापतको रकम टुहुरा तथा अपाङ्गता भएका विद्यार्थी बालबालिकालाई वितरण गर्नुभएको छ । उहाँले गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकाभित्र रहेको विद्यालयहरुमा अध्ययनरत सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत अपाङ्गता र टुहुरा विद्यार्थीहरुको विवरण सङ्कलन गरी प्राप्त विवरणका आधारमा सो कार्य थालनी...

  • २०७६ जेठ २६, आइतबार

    दुर्गम तुम्बेवामा बिजुली बलेपछि स्थानीयमा खुशीयाली

    घर र पसलमा झलमल्ल बिजुली बलेपछि पाँचथरको तुम्बेवा गाउँपालिका–३ का खेमबहादुर खत्री खुशीले गदगद् हुनुहुन्छ । तुम्बेवा–३ मौवा बजारमा पसल गर्ने खत्रीमा बिजुलीको उज्यालोसँगै आफ्नो क्षेत्रका समस्या समाधान हुने विश्वास पलाउन थालेको छ । “खानेपानीका लागि यो विद्युत् अनिवार्य थियो । अब पानी पनि आउने भयो”, खत्रीले भन्नुभयो, “बसाइँ सर्ने र विदेश जानेको क्रम पनि घट्ला ।” पाँचथरको दुर्गम मानिएको तुम्बेवा...

  • २०७६ जेठ २६, आइतबार

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राणा निर्वाचित

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा प्रकाशनरसिंह राणा निर्वाचित हुनुभएको छ । परिषद्को आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षका अर्का प्रत्यासी अर्जुनलाल प्रधानलाई पराजित गर्दैै राणा निर्वाचित हुनुभएको हो । अध्यक्ष राणाले ३३३ मत प्राप्त गर्नुभएको थियो भने अर्को अध्यक्षका उम्मेद्वार प्रधानले २१३ तथा समीर गुरुङले ३६ मत प्राप्त गर्नुभएको थियो । यस्तै, उपाध्यक्षमा राणा समूहबाट राजुमान डङ्गोल, भवीश्वर...

  • २०७६ जेठ २५, शनिबार

    नेवार समुदाय सिथि नखः पर्व मनाउँदै

    – लक्ष्मी गारु नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन । भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी...

  • २०७६ जेठ २४, शुक्रबार

    माडीमा चक्लाबन्दी खेती शुरु

    प्रदेश नं ३ सरकारको सहयोगमा माडी नगरपालिका–८ कान्तिपुरमा रहेको सूर्योदय सहकारी संस्थाले किसानको जग्गा एकीकरण गरी चक्लाबन्दी खेती शुरु गरेको हो ।  संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार ६८ जना कृषकको १२० बिगाहा जमीनमा चक्लाबन्दी खेती शुरु गरिएको छ । कृषकलाई वार्षिक रुपमा एक कट्ठा जग्गाको एक मुरी धान दिने गरी १५ वर्षका लागि भाडामा लिएर सो खेती शुरु गरिएको हो । पौडेलले आम्दानीपछि बचत भएको...

  • २०७६ जेठ २१, मंगलबार

    बालविवाह न्यूनीकरणका लागि किशोरीको घरमा झण्डा

    बैतडीको पुर्चौंडी नगरपालिकाले २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राख्न थालेको छ ।  बालविवाह न्यूनीकरणका लागि २० वर्षमुनिका किशोरीहरुको घरमा झण्डा राखिएको नगरउपप्रमुख जानकी ऐर बमले बताउनुभयो ।  बालविवाह न्यूनीकरणका लागि थुप्रै प्रयास भए पनि बालविवाह नरोकिएकाले किशोरीहरुकै सक्रियतामा १० वटै वडामा घरमा झण्डा राख्ने काम भएको हो । बिहेवारि २० वर्षपारि भन्ने कुरा किशोरीहरुलाई सिकाउन र उनीहरुका...

  • २०७६ जेठ २१, मंगलबार

    विद्यालयलाई सौर्यबत्ती

    जुम्लाको सिंजा गाउँपालिकाले विद्यालयमा सौर्यबत्ती वितरण गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आठ आधारभूत र चार माविलाई दुई चिम, एक पाता, व्याट्रीसहित १० वाटको सौर्यबत्ती विद्यालयलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले जानकारी दिनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, अधिकृत पदमवहादुर भण्डारीलगायत गाउँपालिका टोलीले विद्यालयमै पुगेर बत्ती प्रदान गर्दै...

  • २०७६ जेठ २१, मंगलबार

    गाउँको विद्यालयमा कम्प्युटर शिक्षा

    बागलुङ नगरपालिका–११ रायडाँडास्थित महाविद्याजन माविका विद्यार्थीले कम्प्युटर शिक्षाको अवसर पाएका छन् । कक्षा ६, ७ र ८ का ९० जना विद्यार्थीले दैनिक कम्प्युटर विषय पढ्छन् । कम्प्युटर शिक्षाका लागि ‘एडुटिच नेपाल’ले प्राविधिक सहयोग गरेको थियो । “हरेक दिन ४५ मिनेटको कम्प्युटर कक्षा हुन्छ”, प्रधानाध्यापक रामबहादुर केसीले भन्नुभयो, “विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवै रुपमा सिक्छन् ।” कम्प्युटर...

  • २०७६ जेठ २१, मंगलबार

    सडक पुगेपछि स्थानीयवासीको आयस्तरमा वृद्धि

    सडकले गाउँ जोडेपछि रम्भा गाउँपालिका–४ का स्थानीयवासीमा खुशियाली छाएको छ । स्थानीयवासीको सक्रियतामा वडा नं ४ को लोरेङ्ग गाउँमा सडक पुगेको छ । सडकको ट्र्याक यसअघि नै खोलिए पनि स्तरोन्नति गर्न नसक्दा सवारी साधन गाउँमा जान सकेका थिएन ।  सडक सञ्जालले पछाडि परेको यस गाउँमा हालसालै मात्र सडकको स्तरोन्नतिको काम सम्पन्न भएपछि अहिले साना तथा ठूला सवारी साधन जान थालेका छन् । साना सवारी साधन गुड्न मुस्किल...

  • २०७६ जेठ १९, आइतबार

    दोस्रोपटक आँखा देख्न पाएकामा खुशी

    छेडागाड नगरपालिका–३ का रत्न सिंह अहिले ६१ वर्षपछि पुनः आँखा देख्न सक्ने हुनुभएको छ । एकाउन्न वर्षको उमेरदेखि आँखा देख्न छाड्नुभएका उहाँ अहिले ११ वर्षपछि दोस्रो पटक आँखा शुल्दा खुशी हुनुभएको हो ।नाति छ महीनाको हुँदा आँखा देख्न छाडेपछि उसको आवाज मात्र सुन्न पाएको थिएँ तर अहिले  १२ वर्षको उ विद्यालय गएर फर्कने गरेको देख्न पाउँदा खुशीको सीमा नै नरहेको सिंहले बताउनुभयो । आँखा देख्न सकेको खुशीयालीमा घर...

  • २०७६ जेठ १९, आइतबार

    नेवाः ताम्सालिङ्ग समन्वय समितिका सदस्य उमेश स्थापितका बुबा रहेनन्

    नेवाः ताम्सालिङ्ग समन्वय समितिका सदस्य तथा नेवाः आन्दोलनका सक्रिय कार्यकर्ता एवं फिल्मीकर्मी उमेश स्थापितका बुबा प्रथमाञ्जलि स्थापित (नाती दाई) रहेनन् । नाती दाईको जेठ १९ गते आइतबार दिउँसो करिब २ः३० बजे काठमाडौंको छाउनीमा स्थित सैनिक अस्पतालमा मृत्यु भएको थियो । ८६ बर्षीय नाती दाई नेपालभाषाका अभियन्ता पनि हुनुहुन्छ भने उहाँका श्रीमतीसंगै दुई छोरा तथा तीन छोरी हुनुहुन्छ । स्वर्गीय प्रथमाञ्जलि...

Pages