relans
ni new 83
nib 2082 5

ललितपुरमा बुद्धजयन्ती कार्यक्रम स्थगित

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १९, शुक्रबार

विजयरत्न असंबरे

ललितपुर – कोरोना भाइरसको जोखिमका कारण ललितपुरमा यस वर्ष २५६४ औं बुद्ध जयन्ती समारोह औपचारिकतामा सीमित हुने भएको छ । ६८ वर्षदेखि निरन्तर बुद्ध प्रतिमासहित नगर परिक्रमा, ज्ञानमाला भजनलगायतका कार्यक्रम हुँदै आएकोमा यस वर्ष कोरोना संक्रमण रोकथामको लागि स्थगित गरिएको २५६४ औं बुद्ध जयन्ती मूल समारोह समितिले शुक्रबार एक प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । समितिले यस वर्ष सामाजिक दुरी कायम गरी सीमित व्यक्तिहरुको सहभागितामा बुद्ध वन्दना र बुद्ध पूजा गरी बुद्ध जयन्ती मनाइने जानकारी समेत गराएको छ । समितिले आफ्नै घरघरमा बसी दीप प्रज्वलन एवं बुद्ध वन्दना गरी यस वर्षको बुद्ध जयन्ती मनाउन पनि आग्रह गरेको छ भने कोरोना भाइरस संक्रमणबाट निधन भएकाहरुको सुखावती भुवनमा बास तथा संक्रमितको स्वास्थ्य लाभको कामना समेत गरेको छ । यस वर्ष बुद्धजयन्ती समारोह आयोजनाको पालो लिच्छिवी राजा शिवदेव संस्कारित ओंकुलि श्री रुद्धवर्ण महाविहार ओकुबहाःको रहेको छ ।
Categorized in उपत्यका
ppp 2