STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७६ श्रावण ४, शनिबार

    लोकसेवाको परीक्षा विथोल्न खोजेको आरोपमा चार पक्राउ

    लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा आज बिहान चार जनालाई पक्राउ गरेको छ । दिक्तेलमा बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेलाई पक्राउ गरेको हो । दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको...

  • २०७६ श्रावण ३, शुक्रबार

    ४५ प्रतिशत घरमै सुत्केरी

    जुम्लाको पातारासी गाउँपालिकाका ४५ प्रतिशत महिला अझै घरमा सुत्केरी हुने गरेका छन् । परम्परागत सोचाइ, अन्धविश्वास र रूढीवादी चिन्तनका कारण महिला अझै घरमै सुत्केरी हुने गरेका हुन् । करीब ५५ प्रतिशत महिला स्वास्थ्य संस्थामै आएर सुत्केरी हुने गरेको उक्त गाउँपालिकाको स्वास्थ्य शाखा सहसंयोजक रतन बुढथापाले बताउनुभयो । स्वास्थ्य चौकीमा आएर सुत्केरी गराएमा आमा र बच्चाको स्वास्थ्य राम्रो हुने र अकाल मृत्यु...

  • २०७६ श्रावण ३, शुक्रबार

    कालीमाटी र बल्खु तरकारी बजारको अनुगमन, १९ व्यापारीमाथि कारवाही

    सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा आफूले खरिद गरेको तरकारीको बिलविजक देखाउन आनाकानी गर्ने कालीमाटीका आठ व्यवसायी र बल्खु तरकारी बजारका ११ व्यवसायीमाथि कारवाही गरेको हो । किसान तथा कृषि उपज सङ्कलन...

  • २०७६ श्रावण १, बुधबार

    फोहर सङ्कलन गर्ने निजी संस्था दर्ता गर्दै महानगर

    काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ । अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्कातिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो । अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन् । उनीहरुले त्यसरी विसर्जन गरेको फोहरवापत काठमाडौँ महानगरपालिकालाई...

  • २०७६ श्रावण १, बुधबार

    प्रदूषित पानी पिउन बाध्य

    जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४र७५ र २०७५र७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो । कार्यालयले मङ्गलबार यहाँ आयोजना गरेको ‘मेरो वर्ष २०७६ स्वास्थ्य प्रवद्र्धन’ अभियानको सरोकारवालाबीचको अन्तक्र्रिया तथा खानेपानी गुणस्तर सार्वजनिक कार्यक्रममा सो कुराको जानकारी गराइएको हो ।...

  • २०७६ श्रावण १, बुधबार

    तिलोत्तमा प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा

    रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गरिएको छ । नगरका जनप्रतिनिधि, राजनीतिक दल, व्यावसायिक तथा सामाजिक सङ्घ–संस्था, आमा समूह, युवा क्लब, टोल विकास संस्था, सहकारी, वन, विद्यालयका प्रतिनिधिका साथै सरोकारवाला सहभागी कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले आज नगरपालिकालाई प्लाष्टिक झोला निषेधित घोषणा गर्नुभएको हो । उहाँले सहभागीलाई...

  • २०७६ श्रावण १, बुधबार

    ललितपुरको बजेट रु पाँच अर्ब ३१ करोड

    ललितपुर महानगरपालिकाको चांैथो नगरसभाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु पाँच अर्ब ३१ करोड ४३ लाख ५७ हजारको बजेट पारित गरेको छ । गत असार १० गते महानगरपालिकाले यस आवका लागि रु पाँच अर्ब १७ करोड १६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेको थियो । सोमबार कार्यपालिका बैठक बसी ६६ नगर तथा २६ कार्यपालिका सदस्यद्वारा १० बँुदा संशोधन माग विषयक छलफलमा सहमति भएपछि रु १४ करोड २७ लाख २५ हजार थपी नीति तथा कार्यक्रम...

  • २०७६ आषाढ ३१, मंगलबार

    रासायनिक मल नहुँदा किसान मारमा

    दाङमा रासायनिक डिएपी मलको अभाव भएको छ । रोपाइँको समयमा डिएपी मल नहुँदा किसान मारमा परेका छन् । किसान रासायनिक मल किन्नका लागि दिनहुँ सहकारी संस्थामा आउने गर्छन् तर मल नपाएपछि निराश भएर फर्कने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ का ४० वर्षीय चम्कल चौधरीले धान रोपाइँ गर्ने समयसम्म पनि मल नपाएको दुखेसो गर्नुभयो । उहाँले आफूजस्ता गरीब किसानले अहिले मानो रोपेर मुरी उत्पादन गर्ने समयमा मल नपाउँदा धान...

  • २०७६ आषाढ ३०, सोमबार

    अस्पतालको सेवा पुनः सञ्चालन गर्न माग गर्दै स्थानीय आन्दोलित

    चार दिनदेखि बन्द रहेको डडेल्धुरा अस्पतालको सेवा पुनःसञ्चालन गर्नुपर्ने माग गर्दै डडेल्धुरा सदरमुकामका स्थानीयवासीले आइतबार जुलुस प्रर्दशन गरेका छन् । विगत चार दिनदेखि अस्पतालको ओपीडी सेवा बन्द हुनुका साथै डाक्टरले जिल्ला छोडेपछि अस्पतालको सेवा ठप्प भएको भन्दै तत्काल अस्पतालको सेवा पुनःसञ्चालन गर्नका लागि जिल्ला सदरमुकामवासीले आन्दोलन गरेका हुन् । बागबजारबाट निकालिएको ¥यालीले जिल्ला प्रशासन...

  • २०७६ आषाढ ३०, सोमबार

    तामाकोशीले दियो ११ परिवार सुकुम्वासीलाई लालपूर्जा

    दोलखाको तामाकोशी गाउँपालिकाले पालिकाभित्र रहेका ११ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण गरेको छ । गाउँपालिकाभित्र तीन पुस्तादेखि बसोबास गर्दै आएका ११ भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले लालपूर्जा वितरण गरेको हो । गाउँपालिकालाई सुकुम्वासीविहीन गाउँपालिका बनाउने उद्देश्यअनुसार तीन पुस्तादेखि अरुकामा बस्दै आएका भूमिहीन सुकुम्वासीलाई गाउँपालिकाले रु एक लाख ५० हजारका दरले जग्गा खरीद गरी...

  • २०७६ आषाढ २९, आइतबार

    वर्षापछि किसान खुशी

    लामो समयपछि डोटीको दिपायलमा वर्षा शुरु भएको छ । यहाँका ग्रामीण क्षेत्रमा केही दिन पहिलेदेखि वर्षा भइरहे पनि दिपायलमा भने अहिलेसम्म वर्षा भएको थिएन । शनिबार बिहानदेखि दिपायल तथा आसपासका क्षेत्रमा मुसल्धारे पानी परेपछि यहाँका किसान निकै हर्षित भएका छन् । वर्षा नहुँदा खडेरीले दिपायल, पिपल्ला, कुल्पोते, सुनगडालगायतका क्षेत्रका किसानले धानको बीउसमेत राख्न पाएका थिएनन् । वर्षाले खेतमा पानी भरिएपछि...

  • २०७६ आषाढ २७, शुक्रबार

    बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा

    निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ । तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको...

Pages