STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ जेठ २३, शुक्रबार

    यी हुन् उपत्यकाका होल्डिङ सेन्टर जहाँ विदेशबाट आएकालाई राखिन्छ

    काठमाडाैं - विदेशबाट दैनिक २९ सय जनासम्मको उद्धार गर्न सक्ने गरी उपत्यकामा होल्डिङ सेन्टर तयार गरिएको छ । सीसीएमसीको संयोजनमा काठमाडौं र भक्तपुरमा एक/एक हजार र ललितपुरमा ९ सय जना अट्ने गरी होल्डिङ सेन्टर तयार गरिएको जनाइएको छ । एक अधिकृतका अनुसार काठमाडौंमा प्रदेश नं. ३, ४ र ५, भक्तपुरमा प्रदेश नं. १ र २ र ललितपुरमा कर्ओणाली र सुदुरपश्चिम प्रदेशका नागरिकलाई राखिनेछ । काठमाडौंमा होल्डिङ सेन्टरका...

  • २०७७ जेठ २३, शुक्रबार

    कर तिर्ने म्याद बढाउन युवा उद्यमीहरुको आह्वान

    विजयरत्न असंबरे देशव्यापि जारी रहेको लकडाउनको अवधि झनझन थपिंदै गए पछी देश अार्थिक मन्दीतिर लाग्ने सम्भावना बढ्दै गएकोले यसलाई दृष्टिगत गरी सरकारले उद्योगी र आम ब्यापारीहरुका लागि राहतको प्याकेजकाे माग गर्दै सरकारले जारी गरेको कर तिर्ने म्याद ३ महिना दिनु पर्छ भन्दै माग राखी सचेतना कार्यक्रमको आयोजना गरिएको छ । ललितपुरको मंगलबजार स्थित मंगः हिति परिसरमा आज शुक्रबार दिउँसो सम्पन्न सो सचेतना...

  • २०७७ जेठ २३, शुक्रबार

    ललितपुरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा

    काठमाडौं – नेवार परम्परा अनुसार वर्षको सबैभन्दा लामो दिन आज ज्येष्ठ शुक्ल पूर्णिमा (ज्यापुन्हि)लाई ललितपुरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखिएको छ । लकडाउनको समय धार्मिक परम्पराले निरन्तरता नपाइरहेको अवस्थामा शुक्रबार ललितपुरको मंगलबजार दरबार क्षेत्रमा मल्ल राजा सिद्धिनरसिंह मल्लको पौभाः र उनका छोरा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखियो । सिंहासन र पौभाको प्रदर्शनसँगै...

  • २०७७ जेठ २१, बुधबार

    काठमाडौं मेडिकल कलेजको आकस्मिकलगायत सबै सेवा बन्द

    काठमाडौं । काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ। अस्पतालले जारी गरेको सूचनामा बिरामीमा २ जना र स्वास्थ्यकर्मी २ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ। बुधबार विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को...

  • २०७७ जेठ २१, बुधबार

    मैतीदेवीका पसलहरु दिउँसो १ बजेसम्म खोल्ने सहमति

    काठमाडौं – व्यापारीहरुको विरोधपछि मैतीदेवका पसलहरु बिहीबारदेखि दिउँसो १ बजेसम्म खोल्न मौखिक रूपमा सहमति भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर २९ मैतीदेवीका व्यापारीले बुधबार बिहान पसल खोल्ने समय अपुग भएको भन्दै विरोध गरेका थिए । विरोधपश्चात वडाध्यक्ष कुश ढकालले दिउँसो १ बजेसम्म पसल खोल्न सुझाएका हुन् । दिउँसो १ बजेसम्म पसल खोल्ने दिने विषयमा कुनै लिखित सम्झौता भने नभएको जनाइएको छ ।

  • २०७७ जेठ २१, बुधबार

    बिहीबारदेखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खोल्ने व्यवसायीहरुकाे निर्णय

    काठमाडौं । काठमाडौंका व्यवसायीहरुले भोलि (बिहीबार) देखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल/व्यवसाय खुला गर्ने निर्णय गरेको हो । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने...

  • २०७७ जेठ २१, बुधबार

    संक्रमित पुष्टि एकजना भक्तपुर चाँगुकी गर्भवती महिला

    काठमाडाैं - स्वास्थ्य मन्त्रालयले मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि गरेको नयाँ व्यक्ति गर्भवती भएको खुलेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेल निवासी ३० वर्षीया गर्भवतीमा कोरोना भाइरस संक्रमण देखिएको हो। चिकित्सकले दिएको समयअनुसार बच्चा पाउने दिन नजिकिएपछि अप्रेसनको तयारी गर्न गरिएको कोरोना भाइरस परीक्षणमा पोजिटिभ आएको जनाइएकाे छ । ती महिलाको चाँगुनारायण नपा २ दुवाकोटस्थित काठमाडौं...

  • २०७७ जेठ २१, बुधबार

    विदेशबाट फर्किएकालाई राख्न ललितपुर महानगरपालिकाले होल्डिङ सेन्टर खोल्ने

    काठमाडाैं - ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडावासीलाई राख्न प्रत्येक वडामा होल्डिङ सेन्टर खोल्ने भएको छ । विदेशबाट नेपाल फर्किनेहरू कोरोना भाइरसबाट संक्रमित हुनसक्नेतर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो ।   कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरालाई औंल्याउँदै सरकारले असार दोस्रो सातापछि अन्तर्राष्ट्रिय उडान खोल्ने बताएको छ । विदेशबाट...

  • २०७७ जेठ २०, मंगलबार

    ज्येष्ठ नागरिक भत्ता बाँड्न महानगरपालिकाका जनप्रतिनिधि जनताको घर–दैलोमा

    जेष्ठ नागरिक भन्छन्– ‘सरकार घर–दैलोमै आएको अनुभूति भयो’ विजयरत्न असंबरे काठमाडौँ । लकडाउन जारी रहेकै बेला काठमाडौँ महानगरपालिका वडा–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन इखापोखरीकी ८९ वर्षीया विष्णुप्रिया मालीको निवासमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ता बोकेर पुग्दा मालीको अनुहारमा खुशीको चमक देखिन्थ्यो । वडाध्यक्ष महर्जनले मालीको हातमा बरिष्ठ ज्येष्ठ नागरिक भत्ताका रुपमा रु १२ हजार थमाएपछि...

  • २०७७ जेठ १९, सोमबार

    कालीमाटी वृत्तका सबै प्रहरीको कोरोना रिपोर्ट नेगेटिभ

    काठमाडाैं - महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यसमातहत सबै प्रहरीको कोरोनाभाइरसको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। जेठ ६ गते दुई प्रहरीमा संक्रमण देखिएपछि वृत्त र त्यहाँभित्र रहेको महिला सेल तथा ट्राफिक प्रहरी कार्यालय सिल गरिएको थियो। आइतबार त्यहाँभित्र रहेका सबै प्रहरी अधिकारीको रिपोर्ट नेगेटिभ आएपछि काम सुचारू भएको छ। दुई जनामा संक्रमण देखिएपछि २३० भन्दा बढीको परीक्षण गरिएको थियो ।...

  • २०७७ जेठ १८, आइतबार

    नेवार समुदायलाई लकडाउनमा सचेत र सतर्क रहन नेवाः जागरण मञ्चको आह्वान

    काठमाडौं – लकडाउन लम्बिँदै जाँदा यसले विकराल रुप लिई विविध समस्या दिइरहेको सन्दर्भमा नेवाः जागरण मञ्चले एक वक्तव्य प्रकाशित गरी नेवार समुदायलाई विभिन्न पहलहरु गर्न सार्वजनिक आह्वान गरेको छ । मञ्चका अध्यक्ष सुजीव वज्राचार्यले आइतबार निकालेको वक्तव्यमा लकडाउनको समय एकापसमा मानवीय र आर्थिक सहयोगको भावना जागृत गरी व्यक्तिगत र संघसंस्थामार्फत् पहल लिन अनुरोध गरेको छ । यसैगरी, लकडाउनपश्चात् आउनसक्ने...

  • २०७७ जेठ १७, शनिबार

    कोभिड जस्तो अदृष्य शत्रुसँगको लडाईँ जित्न सबैको सहकार्य आवश्यक : मेयर शाक्य

     विजयरत्न असंबरे काठमाडौँ महानगरले चिकित्सक संघलाई ज्याकेट प्रदान आफ्नो ज्यान जोखिममा राख्दै संक्रमितको उपचारका निरन्तर खटिरहेका चिकित्सकहरुलाई काठमाडौँ महानगरपालिकाले १ हजार ३ सय थान ज्याकेट सहयोग गरेको छ । महानगरपालिकाका प्रमुुख बिद्यासुन्दर शाक्यले नेपाल मेडिकल काउन्सीलका अध्यक्ष डाक्टर भगवान कोइराला र नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीलाई संयुक्त रुपमा ज्याकेट हस्तान्तरण...

Pages