उपत्यका
-
२०७७ आषाढ ४, बिहिबार
टोखाका ११ वटै वडामा चीनबाट ल्याएको स्वास्थ्य सामग्री वितरण
काठमाडाैं - टोखा नगरपालिकाले चीनको नाग्छु नगरपालिकाबाट ल्याएको स्वास्थ्य सामग्री सबै वडामा वितरण गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनको नाग्छु नगरपालिकाले जेठ १५ गते टोखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । टोखाका नगरप्रमुख प्रकाश अधिकारीले चीनबाट सहयोगस्वरुप ल्याएको स्वास्थ्य सामग्री टोखाका ११ वटै वडामा वितरण गरिसकिएको जानकारी दिनुभयो । चीनको...
-
२०७७ आषाढ ४, बिहिबार
भक्तपुरमा प्रहरीसहित तीनजनामा कोरोना पुष्टि
काठमाडाैं - भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी यहाँ रहेका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन...
-
२०७७ आषाढ ४, बिहिबार
भक्तपुरमा ६५ प्रतिशत रोपाइँ सकियो
कोरोना जोखिमका बीच यहाँ किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको अन्तिम चरणमा पुग्ने भएको छ । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच गत जेठ १५ देखि नै शुरु भएको रोपाइँ अन्तिम चरणमा पुगेको छ । विगतका वर्षझैँ रोपाइँ ढिलो हुने सोचले ढिलो बीउ राखेका किसानले खेतमा पानी भरिएपछि...
-
२०७७ आषाढ ४, बिहिबार
महानगरपालिकाले नीति तथा कार्यक्रममा कोरोना विरुद्ध लड्ने संकल्प
विजयरत्न असंबरे - काठमाडौँ महानगरपालिकाले आज सातौं नगर सभामा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक वर्ष ७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । २ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी...
-
२०७७ आषाढ ४, बिहिबार
ललितपु्र टीकाथलीका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि
ललितपुर, ४ असार - चितवन जिल्ला रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका –५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । केही दिनअघि उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको र कोखा दुख्ने समस्या रहेको...
-
२०७७ आषाढ ३, बुधबार
‘मेलम्चीको पानी परीक्षणको काम असारमै हुने’
काठमाडौँ, ३ असार - खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उहाँले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताउनुभयो । उहाँले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराउनुभयो । पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (...
-
२०७७ आषाढ २, मंगलबार
गुठी आन्दोलनको सम्झनामा असार ४ गते तस्बिर प्रदर्शनी र दीप प्रज्ज्वलन
काठमाडौं – सरकारले ल्याएको गुठी विधयेकविरुद्ध भएको आन्दोलन असार ४ गते एक वर्ष पूरा हुँदैछ । गुठी आन्दोलन भएको वर्षदिनको सम्झनामा राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले सो दिन तस्बिर प्रदर्शनी र बेलुका दीप प्रज्ज्वलनको कार्यक्रम राखेको छ । ‘गुठी आन्दोलनको मर्म पूरा हुन बाँकी छ, हाम्रो खबरदारी निरन्तर छ’ भन्ने नारा बोकी संघर्ष समितिले असार ४ गते दिउँसो १ः३० बजे माइतीमण्डलमा तस्बिर...
-
२०७७ आषाढ २, मंगलबार
गुथि विधयेकको उपलब्धि विषयक संवाद र भर्चुअल गोष्ठी हुँदै
काठमाडौं – सरकारले ल्याएको गुथि विधयेक विरुद्ध आन्दोलन भएको असार ४ गते एक वर्ष पूरा हुँदैछ । आन्दोलनको सम्झना र एक वर्ष अवधिमा यसबाट प्राप्त उपलब्धि विषयक संवाद र भर्चुअल विचार गोष्ठी हुनेभएको छ । गुथि विधयेकविरुद्ध संयुक्त संघर्ष समितिले असार ४ गते दिउँसो ४ बजे भर्चुअल विचार गोष्ठीको आयोजना गर्ने भएको छ । सो विचार गोष्ठीमा नेवार अगुवा मल्ल के. सुन्दर तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गुथि...
-
२०७७ आषाढ २, मंगलबार
नेवाः जागरण मञ्चले गरे नेवार क्षेत्रका विभिन्न व्यक्तिलाई सहयोग
काठमाडौं – नेवाः जागरण मञ्चले लकडाउनको समय नेवार क्षेत्रमा विभिन्न व्यक्तिहरुलाई सहयोग गरेको छ । साथै, ज्येष्ठ नागरिकहरुको सेवा गर्दै आएको ‘आमा घर’लाई पनि सहयोग गरेको छ । मञ्चले दिएको जानकारीअनुसार लकडाउनको समय समस्यामा रहेका नेवार क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सहयोग गर्ने क्रममा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने तथा नेवार आन्दोलनमा सक्रिय सहभागिता जनाउने बुंगमतीका पाँचजनालाई सहयोग गरेको छ...
-
२०७७ आषाढ २, मंगलबार
भक्तपुरमा विद्यार्थीलाई निःशुल्क पुस्तक
भक्तपुर, २ असार - भक्तपुरको मध्यपुर थिमि–४ स्थित बाल प्रेमी माध्यमिक विद्यालय, विष्णुवीरले विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएकाे छ । विद्यालयमा पठनपाठन सुरु नभए पनि अनलाइनबाट कक्षा सञ्चालन भएसँगै पुस्तक वितरण गरिएकाे हाे । तस्बिर : रत्न श्रेष्ठ/रासस
-
२०७७ आषाढ १, सोमबार
काठमाडौँ महानगरपालिकाद्वारा एम्बुलेन्स सेवा स्थगित
विजयरत्न असंबरे काठमाडौँ महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले बताए अनुसार एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) संग आर्थिक सहयोग गरी काठमाडौँ महानगरपालिकाले लकडाउन अवधीभर निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो र अहिले दुई पक्षबीच भएको सम्झौता आजबाट सकिएको जानकारी दिनुभयो । ‘हामीले लकडाउन अवधिभरीका लागि मात्रै सम्झौता गरेका हौँ,’ उहाँले...
-
२०७७ आषाढ १, सोमबार
किलागल टाेलका थाकुली रहेनन्
काठमाडाैं - काठमाडाैं १८ वडा किलागल टाेलका थाकुली (नाइके) राम महर्जनकाे आज बिहान निधन भएकाे छ । ९२ वर्षीय महर्जनकाे नर्भिक अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे । उनकाे अन्तिम संस्कार परम्परागत रुपमा काठमाडाैंकाे इन्द्रायणी परिसरमा हुने भएकाे छ । दिवंगत महर्जनका एक छाेरा र एक छाेरी रहेका छन् ।


