STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खरिपाटी क्वारेन्टिनबाट घर पठाइएकामा कोरोना पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ ११, बिहिबार

काठमाडाैं - दुवईवाट आएर भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टिनमा बसेर घर पठाइएकाहरुमा कोरोना पुष्टि भएको छ । खरिपाटी क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना पुष्टि भएको हो । दुवईवाट आएका १० जनाको स्वाव संकलन गरेर पठाइएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो । क्वारेन्टिनमा बसेकै बेलामा स्वाव संकलन गरेर कोरोना परिक्षणका लागि पठाइएको भए पनि त्यसको रिपोर्ट आउन ढिला भएपछि घर फर्केका थिए । स्वावको रिपोर्ट नआउँदै घर गएका मध्य ४ जनामा कोरोना पुष्टि भएको हो । मंगलवार घर गएका उनीहरुको विहिवार कोरोना पुष्टि भएको रिपोर्ट आएपछि उनीहरुको सम्पर्कमा रहेका अरुको पनि परिक्षणको तयारी गरिएको छ । कोरोना पुष्टि हुनेमा १ महिला र ३ पुरुष छन् । जिल्लाका स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले त्यसको पुष्टि गरेका छन् । उनीहरुलाई पाटन अस्पतालमा जान सुझाव दिइएको उनले बताएका छन् ।
Categorized in उपत्यका