STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं प्रवेश गर्नेलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा राख्नुपर्ने नयाँ निर्णय

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १०, बुधबार

काठमाडौं - उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गर्नेलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा राख्नुपर्ने नयाँ निर्णय भएकाे छ । गृह मन्त्रालयले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र काटेर अनिवार्य हाेम क्वारेन्टाइनमा राख्न भनेकाे छ । काठमाडौं उपत्यका बाहिरबाट आउने मानिसहरुले १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने र कोरोनाको लक्षण देखिए मात्रै परीक्षणमा आउने गरी नयाँ व्यवस्था लागू गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना परीक्षण गराउनेहरुको चाप बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो व्यवस्था लागू गरेको हो । पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेको स्वास्थ मन्त्रालयले गृहलाई अवगत गराएको छ। गृहले स्वास्थ्यकै परिपत्रलाई आधार मान्दै पीसीआर परीक्षणमा चिकित्सक र स्वास्थ्यकर्मीलाई अनावश्यक दबाब नदिने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार गृहलाई पत्राचार गर्दै पीसीआर परीक्षणका लागि सर्वसाधारणले चिकित्सक र स्वास्थ्यकर्मीलाई दबाब दिएको उल्लेख गरेको थियो। स्वास्थ्य मन्त्रालयको सो व्यवस्था कडाइकासाथ लागू गर्न गृह मन्त्रालयले उपत्यकाका ३ वटै प्रशासन कार्यालयलाई परिपत्र गरेको हो । तर होम क्वारेन्टाइनमा बसेकाहरुको अनुगमन कसरी हुने भन्ने बारेमा कुनै योजना समेत नबनाइएको बताइएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएसँगै बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका आउनेहरुको चाप पनि हरेक दिन बढ्दो छ । जसको कारण प्रयोगशालामा कोरोना परीक्षण गराउनेहरुको संख्या पनि तीब्र रुपमा बृद्धि भएको हो । 
Categorized in उपत्यका