STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ आषाढ ३१, बुधबार

    बौद्ध क्षेत्रको सडक एक वर्ष नपुग्दै भत्कन थाले

    काठमाडौँ : विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ । काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का गरेको लामो समयसम्म अलपत्र बनेको चावहिल–बौद्ध–जोरपाटी सडक गत हिउँदमा कालोपत्र भएको थियो । कालोपत्र भएपछिको पहिलो वर्षाद्मै सडकका ठाउँ ठाउँमा भत्केर खाल्डाखुल्डी बनेको स्थानीयवासी तेञ्जिङ शेर्पाले गुनासो गर्नुभयो । खाल्डा खुल्डी बढ्दै गएर...

  • २०७७ आषाढ ३१, बुधबार

    काठमाण्डौं महानगरपालिकाका सम्पदा निर्माण र पुर्ननिर्माण तिब्र गतिमा

    विजयरत्न असंबरे कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनमा काठमाडौँ महानगरपालिका जनप्रतिनिधिबीच पनि एकमतभई अगाडि बढ्न थालेका छन् । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ९०भन्दा बढी शीर्षकमा सम्पदा निर्माण–पुर्ननिर्माणलगायतका लागि बजेट विनियोजन गरेको छ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण पोखरी, मन्दिर, ढुंगेधारा, बहाःबही लगायतका सांस्कृतिक...

  • २०७७ आषाढ ३१, बुधबार

    खरिपाटी, कीर्तिपुर, र मनमोहन अस्पतालमा आइसोलेशन सेन्टर निर्माण गरिँदै

    काठमाडौं  - पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि लक्षणविहीन कोरोनासंक्रमितलाई आइसोलेशन सेन्टरमा राखिने भएको छ । लक्षणविहीन संक्रमितलाई अस्पताल भर्ना नगरेर आइसोलेसन सेन्टरमा राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले बताए । काठमाडौँ उपत्यकाका तीन ठाउँका आइसोलेशन सेन्टरमा करिब दुई हजार लक्षणविहीन कोरोना संक्रमितलाई राखिने छ । खरिपाटी...

  • २०७७ आषाढ ३१, बुधबार

    उपत्यकामा केही बसहरु सञ्चालनमा

    काठमाडौँ : साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् । एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको एक सातापछि सार्वजनिक सवारीसाधन खुल्न लागेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सार्वजनिक सवारीसाधन...

  • २०७७ आषाढ ३०, मंगलबार

    सुन्दरको सेवा आजबाट, साझा साउन १ देखि चल्ने

    काठमाडौं- सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै  काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । सडकमा सार्वजनिक यातायात गुडे पनि यात्रुको संख्या भने न्यून देखिएको छ ।  राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात,...

  • २०७७ आषाढ २९, सोमबार

    टोखा नगरपालिकाकाे बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता

    काठमाडौँ : टोखा नगरपालिकाले कोभिड–१९ नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता राखेर आगामी वर्षको बजेट विनियोजन गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि रु एक अर्ब ५८ करोड ४१ लाख ७७ हजारको बजेट प्रस्तुत गर्दै कोरोना नियन्त्रण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको हो । नगरपालिकाले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ रु एक अर्ब ४४ करोड र...

  • २०७७ आषाढ २९, सोमबार

    टुकुचा खोलाको व्यवस्थापन गरिने

    काठमाडौँ : सरकारले शहरी सुन्दरता झल्कनेगरी टुकुचा खोलाको व्यवस्थापन गर्ने भएको छ । छ किलोमिटरको टुकुचा खोलाको संरचनालाई प्राकृतिक रुप दिनका लागि शहरी विकास मन्त्रालयले आवश्यक बजेट विनियोजन गरेको र आगामी आर्थिक वर्ष यसको व्यवस्थापनको काम गर्ने जनाएको हो । मध्य शहरबाट बग्ने टुकुचाको दायाँबायाँ किनार मिचेर बनाइएको संरचना भत्काएर व्यवस्थितरुपमा बाटो र ट्र्याक निर्माण गरिने पनि मन्त्रालयको योजना छ ।...

  • २०७७ आषाढ २९, सोमबार

    काठमाडौंमा चल्याे मयूर यातायात

    काठमाडौं - तीन महिना बढी लामाे लकडाउनपछि काठमाडाैंमा सार्वजनिक यातायात चल्न सुरु भएकाे छ । यसक्रममा काठमाडौंमा मयूर यातायातले यात्रु सेवा थालेको छ । सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको मयुर यातायातले जानकारी दिएकाे छ । लकडाउनपछि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो । कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई...

  • २०७७ आषाढ २८, आइतबार

    नेपालमा पहिलो पटक टेलिभिजन मार्फत नाटक महोत्सव

    विजयरत्न असंबरे बागमती प्रदेश सामाजिक विकास मन्त्रालयकाे आर्थिक सहयाेगमा नेपालभाषा एकेदेमिद्वारा नेपाल मै पहिलो पटक टेलिभिजनमा प्रत्यक्ष प्रसारण मार्फत एकांकी नाटक महोत्सव सम्पन्न गरिएको छ । गत असार १६ गते सम्पन्न सो एकांकी महोत्सव मा ८ वटा विभिन्न नाटक सहभागी भएका थिए । कोरोना महामारी को संक्रमण को जोखिमलाई दृष्टिगत गरी दर्शकको सहभागी बिना टेलिभिजनमा प्रत्यक्ष प्रसारण मार्फत नाटक महोत्सव...

  • २०७७ आषाढ २८, आइतबार

    कागेश्वरी, गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकाको १८ हजार रोपनी जग्गा एकीकरण हुँदै

    काठमाडौँ : काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको १८ हजार रोपनीमा जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी व्यवस्थित बस्ती विकास गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २ र ४ एवं शङ्खरापुर नगरपालिकाको वडा नं ९ भित्रको करिब २४ हजार रोपनी जग्गामध्ये १८ हजार रोपनी जग्गा एकीकरण गर्न लागिएको हो । यसका लागि पूर्वी काठमाडौँ जग्गा एकीकरण (ल्याण्ड...

  • २०७७ आषाढ २८, आइतबार

    पुनर्जीवन पायो निगु पुखुःले

    साँझ ढल्कँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रुपमा परिणत गरिरहेको थियो । बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा ढुङ्गा चलिरहेका थिए । पोखरीभित्र सीमित मानिस रहे पनि पोखरीबाहिर वरिपरि हेर्न स्थानीयवासीको बाक्लो उपस्थिति थियो । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक निगु पुखुः...

  • २०७७ आषाढ २८, आइतबार

    थिमिको दुईपोखरीमध्य एउटा पोखरी पुनःनिर्माण सम्पन्न

    साँझ ढल्कँदै थियो । वरिपरिको बत्तीको उज्यालोले पोखरी चम्किरहेको थियो । बाँसुरीको मनमोहक धुनले सन्ध्याकालीन माहोललाई उत्सवका रुपमा परिणत गरिरहेको थियो । बत्तीको उज्यालोले चम्किएको पोखरीमा राति पनि दुईवटा ढुङ्गा चलिरहेका थिए । पोखरीभित्र सीमित मानिस रहे पनि पोखरीबाहिर वरिपरि हेर्न स्थानीयवासीको बाक्लो उपस्थिति थियो ।  मध्यपुरथिमि नगरपालिका–४ मा रहेको तीन सय वर्ष पुरानो ऐतिहासिक निगु पुखुः अर्थात्...

Pages