STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७६ माघ ८, बुधबार

    खानेपानी आयोजनाले ल्यायो खुशी

    घण्टांै लगाएर खानेपानीको जोहो गर्दै आएका गल्याङ नगरपालिका–९ स्थित बेलचौर, पाखीचौर र जामुनेका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् । पहिले एक घण्टा लगाएर एक गाग्री पानी ल्याउने गरेका यहाँका वासिन्दा अहिले घरमै धारा जडान भएपछि धेरै सजिलो भएको बताउँछन् । बेलचौरकी हीरा खनालले भन्नुभयो, “पहिला खानेपानी लिनको लागि गाउँदेखि तल रहेको धुवादी कुवामा जानुपथ्र्यो अहिले घरमै पानीको धारा...

  • २०७६ पौष २९, मंगलबार

    बेरुजुको चाङ स्थानीय तहमा

    महालेखा परीक्षकको कार्यालयले यहाँका दश वटै स्थानीय तहमा बेरुजु औल्याएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा करोडौँ बेरुजु देखिएको हो । आर्थिक वर्ष २०७५÷०७६ भित्र ती स्थानीय तहले सम्पादन गरेका आर्थिक गतिविधि विषयमा डेढ महिना लगाएर लेखा परीक्षण गर्दा बेरुजु भेटिएको हो । पेश्की, नियमित गर्ने, फछ्र्योट गर्नुपर्ने र असुल गर्नुपर्ने लगायत बेरुजु रकमका आधारमा...

  • २०७६ पौष २७, आइतबार

    तीन वर्षमा दुई पिल्लर कहिले बन्ला खै रु स्थानीयवासी

    बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ । साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा पुल निर्माणधीन छ । विसं २०७५ असार ३० गतेसम्म निर्माणकार्य सम्पन्न भैसक्नुपर्ने सम्झौता विसं २०७३ असार ३० भएको थियो । नौ करोड ८३ लाख ८२ हजार ५७९ रुपैयाँ लागतमा सम्झौता भएको थियो । काष्ठमाडौँ मसिना जेभीले निर्माणको जिम्मा पाएको थियो...

  • २०७६ पौष २४, बिहिबार

    तेस्रोपटक उच्च लेकाली क्षेत्रमा हिमपात

    मङ्गलबारदेखिको मौसममा आएको परिवर्तनले यहाँका पहाडी तथा हिमाली जिल्ला बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा फेरि हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ । भएको । डोटीकोे खप्तडस्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै सिमाना जोडिएको...

  • २०७६ पौष १८, शुक्रबार

    ग्रामीण भेगमा बिजुली विस्तार

    तनहुँको ग्रामीण क्षेत्रको रूपमा परिचित ऋषिङ गाउँपालिका–७ कोटदरवारस्थित कान्छेमा पहिलोपटक बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । टुकीको भरमा बस्न बाध्य यहाँका स्थानीयवासी घरघरमा बिजुली पुगेपछि खुशी भएका हुन् । उज्यालो गाउँपालिका बनाउने अभियानअन्तर्गत गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण गगनगौडाको सहयोगमा उक्त ठाउँका ५६ घरधुरीमा विद्युतीकरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले...

  • २०७६ पौष १७, बिहिबार

    तरकारी खेतीमा रमाउँदै मुसहर

    गौशाला नगरपालिका–८ बेलगाछीका ६५ वर्षीय विल्टु सदा अहिले घर छेउकै बगरखेत लगाएको तरकारी बेचेर आम्दानी बढाउन सफल हुनुभएको छ । उहाँले वर्षांैसम्म अरुको खेतमा ज्याला मजदूरी गरि अभाव र दबावका बीच घरपरिवार चलाउँदै आउनुभएको थियो । उहाँ भन्नुहुन्छ, “गौशाला नगरपालिकाको कार्यालयले सामूहिक तरकारीखेतीका लागि आफूहरुजस्ता सुकुम्बासीलाई जग्गा उपलब्ध गराएपछि ज्याला मजदूरी गर्ने दिनको अन्त्य भएको छ । तरकारी...

  • २०७६ पौष ७, सोमबार

    चराको वासस्थानलाई जोगाइ राख्न स्थानीय जनप्रतिनिधिलाई ध्यानाकर्षण

    गुल्मीको रेसुङ्गा वन क्षेत्रमा थप २० प्रजातिका चरा फेला परेका छन् । यस अघि यहाँ २०८ प्रजातिका चरा फेला परेकोमा थिए । नेपालमा ८८६ प्रजातिका चरा रहेका बताइएको छ । रेसुङ्गा संरक्षित वनमा पाइने विश्वकै दुर्लभ चराको बारेमा स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउने उद्देश्यले नेपाल पक्षी संरक्षण सङ्घ जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रम गुल्मीले सदरमुकाम तम्घासमा आइतबार आयोजना गरेको अन्तरक्रिया...

  • २०७६ मङ्सिर २६, बिहिबार

    स्थानीयको गुनासो ः गाडी आएर के गर्नु, खेतबारी बाँझै छन् रु

    नलगाड नगरपालिका–८ का धर्मबहादुर खत्री अहिले ६७ वर्षका हुनुभयो । यहाँ सानो हुँदादेखि गाउँमा पानी ल्याएर जग्गा जमीनमा सिँचाइ गर्ने कुरा उठ्दै आएको थियो । सानो छँदा उठेको कुरा उहाँले उमेरले सात दशक टेक्न लाग्दासम्म पूरा हुन सकेको छैन । उहाँका बाबाको सपना, उहाँको सपना र उहाँका छोराका सपना सबै पानी ल्याएर घर नजिकैको खेतबारी सिँचाइ गरेर वर्षे र हिउँदेबाली लगाएर मनग्य आम्दानी गरी वर्षभरि आफँैले उत्पादन...

  • २०७६ मङ्सिर १०, मंगलबार

    स्थानीय तहको प्रतिबद्धताः वातावरण संरक्षण

    बझाङ जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले वातावरणमा पर्नसक्ने असरलाई ध्यानमा राखी नौबुँदे प्रतिबद्घता व्यक्त गरेका छन् । नेपाल वातावरण पत्रकार समूहले गरेको एक कार्यक्रममा १२ वटै स्थानीयतहका जनप्रतिनिधिले सामूहिकरुपमा प्रतिबद्घता व्यक्त गरेका हुन् । जसमा स्थानीय सरकार सञ्चालन ऐनअनुसार आगामी दिनमा सडक निर्माण गर्दा सडक गुरुयोजना बनाइने, वन तथा वातावरणको क्षेत्रमा बजेट विनियोजन गरी विपद् कोषको...

  • २०७६ मङ्सिर ८, आइतबार

    स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोले

    तनहुँ जिल्लाका स्थानीय तहले ७९ किमी सडकको नयाँ ट्र्याक खोलेका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँका स्थानीय तहले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७५÷७६ मा सडकको नयाँ ट्र्याक खोलेका हुन् । भानु नगरपालिकाले १० किमी नयाँ ट्र्याक खोलेको छ भने ३० किमी सडक ग्राभेल गरेको छ । भीमाद नगरपालिकाले ११ किमी नयाँ ट्र्याक खोलेको छ भने १९ किमी कालोपत्र र तीन किमी सडक ग्राभेल गरेको छ ।...

  • २०७६ मङ्सिर ८, आइतबार

    विद्युत् लाइन पुगेसँगै ताङतिङगाउँमा खुशीयाली

    कास्कीको मादी गाउँपालिका–२ को पर्यटकीय क्षेत्र ताङतिङगाउँमा नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय प्रसारण लाइन पु¥याइएपछि खुशीयाली छाएको छ । विसं २०५४ मा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा गाउँ नजिकको खोलाबाट २७ किलोवाट क्षमताको लघुजलविद्युतमार्फत बत्ती बाल्दै आएका स्थानीयवासी मागअनुसारको बिजुली बाल्न पाएका थिएनन् । लघुजलविद्युतले गाउँ नै उज्यालो बनाए पनि केही वर्षअघिदेखि ठूला विद्युतीय...

  • २०७६ मङ्सिर ३, मंगलबार

    समाचार प्रभाव बलियो ओत लाग्दै चन्द्रमायाको परिवार

    टहरामा कयौँपटक हुरीबतास र बर्षा झेल्दै आउनुभएकी एकल महिला चन्द्रमाया प्रधानको घर बन्ने भएको छ । त्रिपाल र बोराले टालटुल गरेको टहरो उडाएर बास उखेल्ला भन्ने चिन्ता उहाँको मनबाट विस्तारै हट्न थालेको छ । गत जेठमा चन्द्रमायाको कठिन जीवनशैलीबारे राससमा समाचार प्रकाशित भएपछि उहाँको घर बनाइदिन अभियन्ताले चासो देखाउँदै आए । राष्ट्रिय पोशाकका अभियान्ता राजानन्द माण्डव्यको अगुवाइमा अहिले घरको जग पूजा गरिएको...

Pages