STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७६ फाल्गुण १६, शुक्रबार

    किलागलको देवीनाच निकालिने देवघर पुनर्निर्माण हुँदै

    काठमाडौं– किलागलस्थित देवीनाच (दीप्याखं) निकालिने देवघर (द्यःछेँ)को पुनर्निर्माण हुने भएको छ । देवीनाच प्रवद्र्धन तथा संरक्षण समितिले उक्त घरको पुनर्निर्माण गर्न लागेको छ । समितिका अध्यक्ष इन्द्र महर्जनले दिएको जानकारी अनुसार फागुन १९ गते सोमबार किलागलको बिज्यापुननिमा बिहानको १०ः३० बजेको साइतमा पुनर्निर्माणको शिलान्यास हुने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख...

  • २०७६ फाल्गुण १५, बिहिबार

    असनको सुरतश्री महाविहारमा नयाँ चक्रेश्वर नियुक्त

    काठमाडौं– काठमाडौं २७ वडास्थित असनटोलमा रहेको सुरतश्री महाविहार (तक्षबहाल)को चक्रेश्वर पदमा शंकरानन्द वज्राचार्य नियुक्त भएका छन् । केही दिनअघि विहारका तत्कालीन चक्रेश्वर प्रेमरत्न वज्राचार्य दिवंगत भएकाले महाविहारको धर्म परम्पराअनुसार थकालि शंकरानन्द वज्राचार्य चक्रेश्वर पदमा नियुक्त भएका छन् । फागुन १६ गते शुक्रबार धार्मिक परम्पराअनुसार सुरतश्री महाविहारमा वज्राचार्यलाई चक्रेश्वर पदबाट विभूषित...

  • २०७६ फाल्गुण १४, बुधबार

    नेपालभाषाबाट पढाइ हुने विद्यालय ३० औं वर्षमा प्रवेश

    काठमाडौं (फागुन १४ बुधबार)– मातृभाषामा शिक्षालाई जोड दिई नेपालभाषाको माध्यमबाट शिक्षा दिन खोलिएको काठमाडौं चागलको जगतसुन्दर ब्वनेकुथि माध्यमिक विद्यालय ३० वर्षमा प्रवेश गरेको छ । यस अवसरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा फागुन १२ गते सोमबार एक कार्यक्रमबीच शताब्दी पुरुष डा. सत्यमोहन जोशीलाई सम्मान गरिएको छ । ब्वनेकुथि संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले...

  • २०७६ फाल्गुण १४, बुधबार

    पाटनमा इतिल्हने सम्यक पर्व सुरु

    काठमाडौं– बौद्धधर्ममा ठूलो उत्सवको रुपमा मनाइने पाटन नागबहालको इतिल्हने सम्यक पर्व बुधबार (फागुन १४) बाट सुरु भएको छ । पाँच वर्षको एकपटक यो पर्व मनाइँदै आइरहेको छ । यसपटकको ५३ औं सम्यक पर्व मनाइरहेको छ । फागुन १५ सम्म हुने यस पर्वमा उपत्यकाका विभिन्न विहार एवं महाविहारबाट बसुन्धरा, आर्यतारा, बोधिसत्व र दीपंकर तथागतलगायत देवगणलाई नागबहालमा पूजाआजाको लागि निमन्त्रणा दिई वज्राचार्य र शाक्यबाट सम्यक...

  • २०७६ फाल्गुण १२, सोमबार

    चिटिक्क घरमा बस्न पाएर दङ्ग छन् सन्थाल समुदाय

    ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिकाका ४० विपन्न समुदायका लागि घर निर्माण गरिदिएको छ । गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गाउँपालिकासँगको साझेदारीमा घर निर्माण गरी हस्तान्तरण गरिएकोे जानकारी दिनुभयो । झापा गाउँपालिका–१ लसुनाका सन्थाल समुदायका लागि प्रतिघर रु दुई लाख २० हजार खर्च गर्दै घर निर्माण गरिएको सहाराका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले...

  • २०७६ फाल्गुण १०, शनिबार

    खोकना महोत्सव जारी

    खोकना– शुक्रबार फागुन ९ बाट सुरु भएको खोकना पर्यटन महोत्सवमा स्थानीय नेवार संस्कृति र सम्पदाका विविध झाँकी प्रदर्शन गरिएका छन् । नेवार सम्पदा र संस्कृति झल्काउने झाँकी, स्थानीय नेवार खानाका स्टल, परम्परागत रुपमा प्रयोग गरिँदै आएका भाँडाकुडा तथा ज्याभलहरुको प्रदर्शनी, परम्परागत शीपअन्तर्गत सुकुल बुन्ने, चिउरा कुट्ने, चर्खा काट्ने, धागो काट्ने, तान चलाउनेलगायतका शीप प्रदर्शनमा राखिएका छन् ।...

  • २०७६ फाल्गुण १०, शनिबार

    जगतसुन्दर ब्वनेकुथिले ३० औं स्थापना दिवस मनाउने

    काठमाडौं– मातृभाषाबाट शिक्षा दिने नेपालको पहिलो विद्यालय जगतसुन्दर ब्वनेकुथि (विद्यालय) संचालनको ३० औं वर्षमा प्रवेश गर्दैछ । काठमाडौं १५ वडास्थित चागलमा ३० वर्षअघि भाषासेवीहरुको संयुक्त पहलमा उक्त विद्यालय संचालनमा आएको थियो । आउँदो सोमबार (फागुन १२ गते) एक कार्यक्रमबीच विद्यालयको स्थापना दिवस मनाइँदै छ । उक्त कार्यक्रममा विद्यालयलाई सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिने तथा...

  • २०७६ फाल्गुण १०, शनिबार

    महाकवि जोशीका जहान रहेनन्

    काठमाडौं– महाकवि गिरिजाप्रसाद जोशीका जहान हरिमाया जोशीको निधन भएको छ । फागुन ९ गते शुक्रबार टेकु अस्पतालमा जोशीको निधन भएको हो । निमोनियाको उपचार गराउँदै आएका ७९ वर्षीय जोशीका दुई छोरा र दुई छोरी छन् । छोराहरु कुञ्ज जोशी र यचु जोशी नेपालभाषाको साहत्यिक क्षेत्रमा कार्यरत छन् । दिवंगत हरिमाया जोशीको अन्तिम संस्कार शनिबार पशुपति आर्यघाटमा गरिएको थियो ।

  • २०७६ फाल्गुण ९, शुक्रबार

    मछिन्द्रबहालमा सांगीतिक र साहित्यिक कार्यक्रम

    काठमाडौं– अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा काठमाडौंको मछिन्द्रबहालमा फागुन ९ गते शनिबार सकल नेपाःमि नामक संस्थाकाे आयोजनामा एक साहित्यिक र सांगीतिक कार्यक्रम भएको छ । काठमाडौं मनपा २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्यले स्वागत मन्तव्य गरेको कार्यक्रममा जगतसुन्दर ब्वनेकुथि (विद्यालय)का विद्यार्थीहरुले स्वागत गीत गाएका थिए । कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले मन्तव्य राख्दै कविता प्रस्तुत...

  • २०७६ फाल्गुण ८, बिहिबार

    पाटनमा इतिल्हने सम्यक फागुन १४ र १५ गते

    काठमाडौं– पाँच वर्षमा एकपटक ललितपुरमा हुने सम्यक महादान पर्व यही फागुन १४ र १५ हुने भएको छ । हिरण्यवर्ण महाविहार (क्वाबहाः) को लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापनमा सो पर्व हुन लागेको हो । ् यस पर्वलाई लिच्छिविकालीन संस्कृति र सभ्यताको धरोहरको रुपमा लिइन्छ । सात सय वर्षदेखि यो पर्व निरन्तर चल्दै आएको छ । विसं १८६१ सम्म प्रत्येक वर्ष सञ्चालन हुँदै आएको यो पर्व १८६२ साल देखि...

  • २०७६ फाल्गुण ६, मंगलबार

    फागुन २३ देखि दोस्रो टोखा महोत्सव

    धार्मिक, पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखामा ‘दोस्रो टोखा महोत्सव–२०७६’ हुने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रको टोखा नगरपालिकाको आयोजनामा टोखा बजारमा फागुन २३ देखि २५ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो । नगरपालिकाले महोत्सवको तयारीका लागि विभिन्न समिति तथा उपसमिति निर्माण गरेर प्रचारप्रसारलाई तीव्र पारेको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाभित्रको...

  • २०७६ फाल्गुण ५, सोमबार

    पुनर्निर्माण हुने वँलाछि टोल–घरको जग मेयरबाट राखिने

    काठमाडौं– काठमाडौं २५ वडास्थित न्हाय्‌क‌ंटोलको नरसिंह मन्दिरअगाडि रहेको वँलाछि टोल–घर (त्वाःछेँ) पुनर्निर्माण हुने भएको छ । पुनर्निर्माण समितिका अध्यक्ष मदनवीर महर्जनले टोल–घर पुनर्निर्माणमा काठमाडौं महानगरपालिकाले सहयोग गरेको जानकारी दिएका छन् । फागुन ५ गते सोमबार काठमाडौं महानगरपालिकाका मेयर तथा टोल–थाकुलीबाट पुनर्निर्माण हुने टोल–घरको जग राखिने कार्यक्रम रहेको छ ।

Pages