उपत्यका
-
२०७७ श्रावण ९, शुक्रबार
सार्वजनिक सवारी त चले, यात्रु भएनन्
काठमाडौँ : यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् । केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो । त्यसमा व्यवसायी र मजदूर...
-
२०७७ श्रावण ९, शुक्रबार
चन्द्रागिरिमा ‘एक घर, एक धारा’
काठमाडौँ : चन्द्रागिरि नगरपालिकाले सबै वडामा ज्येष्ठ नागरिक र अपाङ्गमैत्री उद्यान निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा ज्येष्ठ नागरिक विश्रामस्थललाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चन्द्रागिरिमा १५ वडा रहेका छन् । ज्येष्ठ नागरिकको अनुभव उच्च राख्न ज्येष्ठ नागरिक सम्मान, अनुभव ग्रहण तथा देशदर्शन गराउनुका साथै अपाङ्गता भएका...
-
२०७७ श्रावण ८, बिहिबार
व्यक्तिले कब्जा गरेका सबै जग्गा फिर्ता लिएर पार्क निर्माण गर्नेछौं : मेयर शाक्य
विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकाको वडा–१८ मा पुष्पलाल स्मृति पार्क निर्माण भएको छ । उद्योग, पर्यटन वातावण मन्त्रालय, वागमती प्रदेश र काठमाडौँ महानगरपालिकाको संयुक्त अनुदानमा सो स्थानमा पार्क निर्माण भएको हो । करीब एक करोडको लागतमा निर्माण भएको सो पार्कको नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्बोधन गर्दै नेपालले पुष्पलाल को सम्झनामा...
-
२०७७ श्रावण ८, बिहिबार
बुंगद्यः अर्थात मच्छिन्द्रनाथको रथारोहण १० गते नै हुने
विजयरत्न असंबरे सहकालका प्रतिक स्वरुप प्राचीन कालदेखि आराध्य देवका रुपमा पुजिंदै आएका बुंगद्यः अर्थात् रातो मच्छिन्द्रनाथको रथ जात्राको लागि रथारोहण बेला बेलामा तय हुँदै स्थगित गर्दै आएको र पछिल्लो समयमा श्रावण १० गते तय गरिएको थियो भने त्यो पनि स्थगित गरिएको सुचना जारी भएकोमा अन्ततः साउन १० गते नै गर्ने सम्बन्धित गुथियार र सरोकारवालाहरुले विस्तृत छलफल पश्चात निर्णय गरेको छ । रथारोहणका लागि...
-
२०७७ श्रावण ७, बुधबार
समृद्धिकालागि प्रभावकारी काम गर्नु होस् - कामनपा प्रमुख शाक्य
विजयरत्न असंबरे काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले विभागीय र महाशाखा प्रमुखहरुलाई प्रभावकारी र परिणाममुखी काम गर्न आग्रह गर्नुभएको छ । आर्थिक बर्ष २०७६/०७७ को बार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले यस्तो आग्रह गर्नुभएको हो । ‘बार्षिक बजेट, नीति तथा कार्यक्रममा उल्लेख भएका र आफूसँग सम्बन्धित काम समयमा सम्पादन गर्नु तपाईहरुको दायित्व हो,’ उहाँले भन्नुभयो, ‘...
-
२०७७ श्रावण ७, बुधबार
कपनको सडक र पसल बर्सेनि डुबानमा
date_line: शङ्खरापुर, ७ साउन (रासस) : news_content: बर्सातको समयमा चाबहिलको गोपीकृष्ण हलको आसपास, सरस्वतीनगर, कपनको मिलनचोकलगायत क्षेत्र बर्सेनि डुबानमा पर्ने गरेका छन् । वर्षासँगै आएको बाढीले यस क्षेत्रका अधिकांश सडक पोखरी बन्ने गरेका छन् भने विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीको पसल डुबानमा पर्ने गरेको छ । सडकको किनारबाट उचित कटान नहुनु तथा ढल व्यवस्थापनमा धेरै त्रुटि भएका कारणले पनि यस...
-
२०७७ श्रावण ६, मंगलबार
खोकनाको संस्कृति रक्षा गर्न बागमति प्रदेश संसदमा सांसदहरुको माग
विजयरत्न असंबरे बागमति प्रदेशको हाल चलिरहेको अधिवेशनमा सांसदहरुले ललितपुरको खोकनामा विकासको नाममा भईरहेको ऐतिहासिक र साँस्कृतिक महत्व भएका स्थानिय संस्कृति र सम्पदा विनाश कार्य तत्काल रोक्नु पर्ने माग गरेका छन् । साँस्कृतिक एवं ऐतिहासिक धरोहरको रुपमा रहेको शहर खोकनालाई केन्द्रित गरी हाल भई रहेको फास्ट ट्रायक निर्माण कार्य लगायत काठमाण्डौं उपत्यका बाहिरी चक्रपथ निर्माण कार्य , बागमति करीडोर...
-
२०७७ श्रावण ६, मंगलबार
ढल निकास नहुँदा काठमाडाैंका सडक जलमग्न
काठमाडौँ : नियमित वर्षाका कारण काठमाडौँ उपत्यकाका धेरै स्थानमा सडक जलमग्न हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो भएको छ । उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पस्न थालेको छ । उपत्यकाका सुन्धारा, बालुवाटार, तीनकुने, कुमारीपाटी, तीनकुनेलगायत स्थानमा सवारी साधन नै डुबिरहेको देख्न सकिन्छ । वाग्मतीलगायत नदीको बहाव बढ्दा करिडोरमा पानी जमेको छ । उपत्यकामा रहेको ढल साँघुरो र...
-
२०७७ श्रावण ६, मंगलबार
टोखामा पहिरोमा पुरिएर जुम्ल्याहाको मृत्यु
काठमाडौं – काठमाडौंको टोखामा पहिरोमा पुरिएर जुम्ल्याहा बालबालिकाको मृत्यु भएको छ । धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका उनीहरुको आमाबुबा मजदुर हुन् । ज्यालादुरी गरेरै रामकुमारले छोराछोरी हुर्काएका थिए । टोखा नगरपालिका-१ टाँसी डाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु महानगरीय प्रहरी बृत्त महाराजगञ्जले जनाएको छ । डीएसपी रोशन खड्काका अनुसार मंगलबार खाना खाने समयमा आएको पहिरोले...
-
२०७७ श्रावण ५, सोमबार
हनुमन्ते खोलामा बाढीले भक्तपुरकाे बराह क्षेत्र डुबानमा
काठमाडौं । भक्तपुरकाे हनुमन्ते खोलामा आएको बाढीले साे क्षेत्र डुबानमा परेको छ । अविरल वर्षाका कारण आएकाे बाढीका कारण बराह क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको छ । भक्तपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण गोराले दिएकाे जानकारीअनुसार हुनमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको छ । बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेको उनले बताए । राममन्दिर...
-
२०७७ श्रावण ४, आइतबार
आज गथांमुगः (घण्टाकर्ण) पर्व मनाइँदै
प्रत्येक वर्ष श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री शहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको...
-
२०७७ श्रावण ४, आइतबार
काठमाडौँमा खानेपानी धारा मिटरको अङ्क ग्राहक आफैँले टिपाउन सक्ने
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले कोभिड–१९ को जोखमलाई न्यूनीकरण गर्न कम्पनीका ग्राहकलाई आफैँले खानेपानी धाराको मिटरको अङ्क अनलाइनमार्फत टिपाउन सकिने व्यवस्था गरेको छ । ग्राहकले टिपाएको अङ्क मिटर रिडरबाट छड्के निरीक्षण (क्रस चेक) हुने पनि लिमिटेडले जनाएको छ । ग्राहक आफैँले कम्पनीको वेबसाइट काठमाडौँ वाटर डट वोआरजीमार्फत अङ्क टिपाउन सक्ने लिमिटेडले सूचनामार्फत जनाएको छ । कम्पनीका...


