STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ श्रावण २०, मंगलबार

    नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदै

    काठमाडौँ – आज भाद्र कृष्ण प्रतिपदा, काठमाडौँसहित देशका विभिन्न ठाउँमा नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदैछ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । नेपालभाषामा गाईलाई सा भनिन्छ । गाईकाे जात्रा वा यात्रा भएकाले यसलाई नेपालभाषामा सायाः भनिने गरिन्छ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा...

  • २०७७ श्रावण २०, मंगलबार

    सुनसान गाईजात्रा !

    काठमाडौँ – यस वर्षको गाईजात्राका अवसरमा काठमाडौँ उपत्यका प्रायः सुनसान देखिएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ को पहिलो दिन आज विगत वर्षजस्तो रमझम छैन । उपत्यकामा नै कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम बढेकाले कम मानिसमात्र बाहिर निस्किएका छन् । गाईजात्राको बढी रमझम हुने वसन्तपुर दरबार क्षेत्रमा पनि फाट्टफुट्टमात्र झाँकी देखिएका छन् । एक...

  • २०७७ श्रावण २०, मंगलबार

    संक्रमित बढेसँगै महानगरपालिकाले परीक्षणको दायरा बढाउने

    काठमाडौँ – बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गरिएको कामपाले जनाएको छ । सोमबार वडा २८ का ६५ जना र वडा १४ का ३२ जनाको गरी ९७ जनाको पिसिआर परीक्षण गरिएको कामपाका...

  • २०७७ श्रावण २०, मंगलबार

    भिडका कारण लाइसेन्स वितरण राेकियाे

    काठमाडौँ – काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन । कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा...

  • २०७७ श्रावण २०, मंगलबार

    सबै छात्रालाई काठमाण्डौं महानगरपालिकाले अब निःशुल्क स्यानिटरी प्याड

    विजयरत्न असंबरे नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राअरुलाई निःशुल्क स्यानिटरी प्याड वितरणको कार्यक्रम काे ज्ञानोदय माध्यामिक विद्यालय बाफलमा मंगलबार एक समारोह बीच काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गर्नु भयो । सो कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर–१४ की अध्यक्ष सोभा सापकोटाले स्यानिटरी प्याड भेन्डिङ मेसिनमा सिक्का खसालेर एउटा प्याड...

  • २०७७ श्रावण १९, सोमबार

    काठमाडौँ महानगरपालिका कर्मचारीको खर्चमा व्यापक कटौती

    विजयरत्न असंबरे • काठमाडौं महानगरपालिकाले सुशासन र मितव्ययितालाई प्राथमिकतामा राख्दै समग्र सुधारलाई अघि बढाउने कार्यको थालनी गरेको छ । यसैको फलस्वरूप महानगरपालिकाले अनावश्यक खर्चमा व्यापक कटौती गर्ने निर्णय गर्दै यस्तो कार्यको थालनी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारको खर्चमा मितव्ययिता गर्ने नीति र महालेखा परिक्षकको प्रतिवेदन (बेरुजु...

  • २०७७ श्रावण १९, सोमबार

    पशुपति विकास कोषको गुरुयोजना खारेज गर्न नेवाः मुक्ति मोर्चाको माग

    जनजातिखबर संवाददाता काठमाडौं – प्राचीन नेवार बस्ती गोल (देवपत्तन) बाट जनताको उठीबास गराउने योजना पशुपति विकास कोषले ल्याएकोमा त्यसको खारेजीको माग गर्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चाले सम्बन्धित निकायको ध्यानाकर्षण गरेको छ । मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले एक विज्ञप्ति जारी गरी कोषको सो गुरुयोजनाको घोर भत्र्सना गर्दै यसबारे मन्त्रालय र सरकारको दृष्टिकोण माग गरेको छ । साथै यस गुरुयोजना तत्काल...

  • २०७७ श्रावण १९, सोमबार

    टिस्टुङकाे नेवार समुदायले मनाउने हिले नाच स्थगित

    टिस्टुङ –  मकवानपुरको थाहा नगरपालिका वडा नं १ का कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्षको जनैपूर्णिमाको दिन देखाउने हिलेनाच यस वर्ष स्थगित भएको छ । सरकारले बन्दाबन्दी खोले पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले नाच स्थगित गरिएको कुन्छालका शिक्षक निराजन गोपालीले जानकारी दिनुभयो । परम्पराअनुसार कुलगाउँ र कुन्छालका नेवार समुदायले हरेक वर्ष जनै पूर्णिमाको दिन आलोपालो गरीे नाच देखाउँदै आएका थिए ।...

  • २०७७ श्रावण १८, आइतबार

    सांसद अजय क्रान्ति शाक्यको पहलमा कलात्मक फल्चा पुनः निर्माण सम्पन्न

    विजयरत्न असंबरे • नेवारहरुको एउटा ठूलो चाड मोहनीको पचिंमर्ह अर्थात बडादशैंको पञ्चमीको दिन मनाउने पचली भैरव जात्राले प्रख्यात ऐतिहासिक ब्रम्हटोलमा मौलिक परम्परा र कलात्मक शैलीमा सम्पदा मैत्री श्वेत भैरब फल्चा (पाटी) पुनः निर्माण सम्पन्न भएको छ । प्रत्येक १२ वर्षको पचली भैरव जात्राका लागि समेत प्रख्यात सो स्थानमा बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत फल्चा...

  • २०७७ श्रावण १८, आइतबार

    नेपालभाषा क्षेत्रका व्यक्तित्व प्रेमशान्ति तुलाधरका जहान रहेनन्

    काठमाडाैं – नेपालभाषा क्षेत्रका प्रख्यात व्यक्तित्व प्रा. प्रेमशान्ति तुलाधरका जहान अकलमान तुलाधरको आइतबार बिहान निधन भएको छ । ७६ वर्षीय तुलाधरको केही समयअघिदेखि ब्रेन हेमरजको उपचार भइरहेको जनाइएको छ । दिवंगत तुलाधरको आइतबारै काठमाडौंको कर्णदीपमा अन्तिम संस्कार हुने जनाइएको छ । तुलाधरको जहानसँगै दुईजना छोरा र एकजना छोरी रहेका छन् ।

  • २०७७ श्रावण १८, आइतबार

    संक्रमणको जोखिम यथावतै रहेकाले बाघभैरव जात्रा स्थगित

    काठमाडौं – विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरस कोभिड–१९ को कारण कीर्तिपुरमा बाघभैरव जात्रा स्थगित भएको छ । कीर्तिपुरमा वर्षेनी मनाउँदै आइरहेको सो ऐतिहासिक जात्रा आयोजना गर्दै आइरहेको बाघभैरव जात्रा गुठीले साउन १८ गते एक विज्ञप्ति जारी गरी जात्रा स्थगित भएको सुचना निकालेको छ । यस वर्ष भदौ १ गते सिंह संक्रान्ति सोमबारको दिन जात्रा परेको सम्बन्धमा बाघभैरव जात्रा गुठी तदर्थ समितिले साउन १७ गते...

  • २०७७ श्रावण १७, शनिबार

    पशुपति क्षेत्र विकास कोष खारेज गर्न जनप्रतिनिधिकाे माग

    काठमाडौं –  स्थानीय जनप्रतिनिधिले पशुपति क्षेत्र विकास कोष खारेज गर्न माग गरेका छन् । पशुपति क्षेत्र विकास कोषले  पशुपति क्षेत्रको नयाँ गुरुयोजना ल्याएको विरोधमा स्थानीय वासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । शुक्रबार पशुपतिको दक्षिण ढोकामा भएको संघर्ष समितिको कार्यक्रममा बोल्ने जनप्रतिनिधिले स्थापनाको तीन दशकसम्म कोषले स्थानीयलाई दुःख दिनेभन्दा केही काम नगरेको...

Pages