उपत्यका
-
२०७७ आषाढ १६, मंगलबार
बन्दाबन्दीमा जारी छ भित्री सडकका काम
काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी रहेका बेला पनि भित्री सडक निर्माणका काम भने भइरहेको छ । गोकर्णेश्वर नगरपालिका–४ स्थित कोलमती खोला किनारबाट उत्तरवाहिनी जाने करिब दुई किमी सडकमा निर्माण कार्य जारी रहेको छ । वाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयको ठेक्कामा यो सडक निर्माण भइरहेको छ । कार्यालयले यो सडकमा रु २६ लाख बराबरको कामका...
-
२०७७ आषाढ १६, मंगलबार
चाँगुनारायणमा बृहत् वृक्षरोपण अभियान
भक्तपुर : सामुदायिक वनलाई स्थानीय बासिन्दा र नगरपालिकाको आम्दानीको स्रोत बनाउन चाँगुनारायण नगरपालिकाले जडीबुटी र फलफूलका ५० हजार वृक्षरोपण गरेको छ । वनलाई विकास, सम्बृद्धि र स्थानीयको जीवनस्तर उकास्ने गरी आयश्रोतसँग जोड्ने उद्देश्यले यहाँका ती वनमा वृहत् वृक्षरोपण अभियान सुरु गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । सो नगरपालिका क्षेत्र भित्रका विभिन्न सामुदायिक...
-
२०७७ आषाढ १६, मंगलबार
कीर्तिपुर अस्पतालमा हेमोडायलाइसिस सेवा
कीर्तिपुर : कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा शुरु गरिएको छ । कीर्तिपुर नगरपालिकाको सहयोगमा आइतबारदेखि अस्पतालमा डायलाइसिस सेवा थालनी गरिएको हो । डायलाइसिस सेवा सञ्चालनका लागि नगरपालिकाले रु एक करोड दश लाख खर्च गरेको नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच यन्त्र, फर्निचरलगायत उपकरण खरीद गरी सेवा सञ्चालन गरिएको हो । “कीर्तिपुरमा डायलाइसिस सेवा...
-
२०७७ आषाढ १६, मंगलबार
काठमाडौंको आकाशमा पनि सलह देखियो
काठमाडौैं – काठमाडौंको आकाशमा पनि सहलको एक बथान देखिएको छ । मंगलबार साँझ ५ः३० को समयमा सहलको बथान काठमाडौंको आकाशमा देखिएको हो । काठमाडौंको भित्री सहरस्थित जैसीदेवल, मञ्जुश्री टोल, लगन, ओमबहालको आकाशमा सहलको एक बथान उड्दै गरेको देखिएको हो । उडिरहेका सहललाई समात्न कागको बथान पनि सक्रिय देखिन्थ्यो । सलहलाई कागले आफ्नो आहारा बनाइरहेको थियो । [video width="1024" height="576" mp4="http://janjatikhabar...
-
२०७७ आषाढ १५, सोमबार
चावहिल सडकमा पानीको पोखरी
वर्षा लागेसँगै चावहिलबाट उत्तरपूर्व लाग्ने सडकमा पानीको पोखरी जमेपछि आवागमनमा समस्या हुन थालेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारका लागि ठेक्का गरेको छ वर्ष वितिसक्दा पनि काम पूरा हुन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सार्वजनिक यातायात बन्द रहेकाले बाइकमा हिँड्दा हिलाम्य हुन बाध्य हुनुपरेको रामचन्द्र पुडासैनीले गुनासो गर्नुभयो । सडककै कारण घाम लाग्दा धुलाम्य र पानी...
-
२०७७ आषाढ १४, आइतबार
पानीको हाहाकार अन्त्य हुने भएपछि स्थानीय हर्षित : दमाईचाघाटमा ९० हजार लिटर पानी अट्ने ट्रंयाकी बन्ने
विजयरत्न असंबरे खानेपानी हाहाकारको समस्या समाधान गर्ने काठमाडौं महानगरपालिका– १९ का स्थानीयवासीको वर्षौदेखिको लक्ष्य पुरा हुन छाँटकाँट देखिएको छ । दमाईचाघाटमा खानेपानी ट्यांकी (रिजर्भ भ्वाएर) बनाउन शुरु गरिएकोले शुद्ध पानी पिउन अब स्थानीयले धेरै समय पर्खिन नपर्ने भएको छ । प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सो स्थानमा खानेपानी ट्ंयाकी र वाटर फिल्टर प्लान्ट बनाउन लागिएको वाग्मती...
-
२०७७ आषाढ १४, आइतबार
सूर्यविनायक–साँगा सडकखण्डको रुख कटान शुरु
भक्तपुर : सरकारले अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको सडक छ लेनमा बिस्तार गर्ने भएपछि सडकको दायाँबायाँका रुख काट्न शुरु गरेको छ । आगामी आर्थिक वर्षमा करिब १२ किलोमिटर सडक विस्तारका लागि सरकारले रु एक अर्ब बजेट विनियोजन गरेपछि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक भुलाँचादेखि साँगा सडकको दायाँबायाँका रुख काट्न शुरु गरिएको सूर्यविनायक नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष...
-
२०७७ आषाढ १३, शनिबार
मजिपात लाखेननिमा रक्तदान तथा स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं – काठमाडौंको भित्री सहरस्थित मजिपात टोलको लाखेननिमा शनिबार बिहादेखि रक्तदान तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम हुँदैछ । मजिपात लाखेननि टोल सुधार समितिको आयोजनामा भइरहेको उक्त स्वास्थ्य शिविरमा वृद्धवृद्धालगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको छ । स्वास्थ्य शिविरमा रक्तदान कार्यक्रमको साथै उच्च रक्तचापको परीक्षण तथा सुगरको मापन भइरहेको छ । ईन्द्रजात्राको अवधिमा निकालिने लाखे यही...
-
२०७७ आषाढ १२, शुक्रबार
पशुपतिनाथ मन्दिर पनि खु्ल्ने
काठमाडौं - लकडाउनका कारण बन्द भएको पुजा पशुपतिनाथ मन्दिर पुनः खु्ल्ने भएको छ । लकडाउन भए देखि नै मन्दिरमा भक्तजनलाई प्रवेशमा रोक लगाइएको थियो । अब पशुपतिनाथ मूल मन्दिरमा पूजाको व्यवस्था मिलाउने तयारी गरिएको बताइएको छ । सरकारले मठ मन्दिरलाई खुला गरेपछि भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराएर फर्काउनका लागि कार्यविधि बनाएर तयारी थालिएको पनि कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए ।...
-
२०७७ आषाढ ११, बिहिबार
खरिपाटी क्वारेन्टिनबाट घर पठाइएकामा कोरोना पुष्टि
काठमाडाैं - दुवईवाट आएर भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टिनमा बसेर घर पठाइएकाहरुमा कोरोना पुष्टि भएको छ । खरिपाटी क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना पुष्टि भएको हो । दुवईवाट आएका १० जनाको स्वाव संकलन गरेर पठाइएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो । क्वारेन्टिनमा बसेकै बेलामा स्वाव संकलन गरेर कोरोना परिक्षणका लागि पठाइएको भए पनि त्यसको रिपोर्ट आउन ढिला भएपछि घर फर्केका थिए । स्वावको...
-
२०७७ आषाढ १०, बुधबार
काठमाडौं महानगरपालिकाको बजेट १६ अर्ब ४२ करोड, कोभिड–१९ को रोकथाम र न्यूनीकरणमा प्राथमिकता
काठमाडौँ, १० असार : काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अुनमानित बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले आज यहाँ आयोजित नगरसभाको सातौं अधिवेशनमा सो अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले सबैभन्दा बढी पूर्वाधार विकास क्षेत्रका लागि रु ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट विनियोजन गरेको छ । यो कूल बजेटको ५१ दशमलव ३४...
-
२०७७ आषाढ १०, बुधबार
काठमाडौं प्रवेश गर्नेलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा राख्नुपर्ने नयाँ निर्णय
काठमाडौं - उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गर्नेलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा राख्नुपर्ने नयाँ निर्णय भएकाे छ । गृह मन्त्रालयले तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र काटेर अनिवार्य हाेम क्वारेन्टाइनमा राख्न भनेकाे छ । काठमाडौं उपत्यका बाहिरबाट आउने मानिसहरुले १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने र कोरोनाको लक्षण देखिए मात्रै परीक्षणमा आउने गरी नयाँ व्यवस्था लागू गरेको हो...


