STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकामा समुदायस्तरमा काेराेना परीक्षण हुने

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २३, मंगलबार

काठमाडौं - सोमबार मात्र काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाैं उपत्यकामा काेराेना संक्रमण बढिरहेकाे यसले पुष्टि गर्दछ । अझ डरलाग्दाे त ट्राभल हिस्ट्री नै नभएकाहरूमा कोरोना संक्रमण देखिएको छ र उनीहरूको संक्रमणको स्रोत पनि पत्ता लागेको छैन ।यसले समुदायस्तरमै संक्रमण त भइसकेको छैन भन्ने प्रश्न उठेको छ । त्यसैले समुदाय स्तरमा कोभिड-१९ परीक्षण गर्न थालिएको छ । मन्त्रालयको एक अधिकारीका अनुसार काठमाडौं उपत्यकामा थप सतर्कता अपनाउन मन्त्रीस्तरीय छलफल भएको थियो, जसमा मन्त्रालयका विज्ञहरूका साथै इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डाक्टर वासुदेव पाण्डे, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डाक्टर रुना झा र कोभिड अस्पतालका प्रतिनिधि उपस्थित थिए । विज्ञहरूले क्यान्सर, दम, निमोनिया, मधुमेहजस्ता दीर्घरोग लागेका मानिसहरू, शल्यक्रियाका लागि अस्पताल पुग्नेहरूका साथै संक्रमित भेटिएको क्षेत्रमा बसोबास गर्नेहरूको पीसीआर विधिबाट टेस्ट गर्नुपर्नेमा जोड दिएका थिए । यसकाे लागि उपत्यकाको १० ठाउँका सर्वसाधारणको थ्रोट स्वाब पनि संकलन भइसकेको छ । तीनकुने र नख्खु क्षेत्रमा संकलन गरिएको २२८ वटा नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । अन्य ठाउँको रिपोर्ट आउन भने बाँकी रहेको छ । शंखमुल, कपन, मैतीदेवी, कोटेश्वर, खुशीबुँ, कागेश्वरी, बोडे, टोखा क्षेत्रबाट पनि स्वाब संकलन गरिएको छ । जनस्वास्थ्य विज्ञहरूले केही पहिलादेखि नै समुदायस्तरमा संक्रमण खोज्नुपर्ने बताउँदै आएका थिए । मृत्यु भइसकेपछि कोरोना पुष्टि भएका वा संक्रमण पुष्टि भएका केसहरूको संक्रमण स्रोत नै पत्ता नलागेपछि जनस्वास्थ्य विज्ञहरूले उपत्यका जोखिम बढेको भन्दै परीक्षणमा जोड दिँदै आएको थियो ।  
Categorized in उपत्यका