STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २१, आइतबार

काठमाडौं : काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा काठमाडौंका २७ जना, भक्तपुरका १ र ललितपुरका २ जना गरी जम्मा ३० जनामा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार ३० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ।कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम राख्न, अनावश्यकरुपमा घर बाहिर नजान र अनिवार्य मास्क प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ। यस्तै आइतबार थप २९२ जनामा कोरोना संक्रमण देखिएको छ।मन्त्रालयका अनुसार योसहित संक्रमितको संख्या १५ हजार ७८४ पुगेको हो। १३२ जनाले कोरोना जितेर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । योसहित कोरोना जित्नेको संख्या ६ हजार ५४७ पुगेको छ। मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

ढलमा देखिएको भाइरसले संक्रमण नसार्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा देखिएको कोरोना भाइरसले अन्य व्यक्तिमा संक्रमण नसार्ने जनाएको छ। प्रवक्ता डा. जागेश्वर गौतमले हाल राजधानीको ढलको नमूना परीक्षण गर्दा कोरोना देखिएको कुरा बाहिर आएको भन्दै आजसम्म कुनै पनि अध्ययनले यसबाट संक्रमण अरूमा सरेको तथ्य नभएको बताए। उनले हालसम्म विश्वमा भएका अध्ययनले संक्रमणबाट निको भइरसकेको व्यक्तिमा पनि भाइरसको टुक्राटुक्री भेटिएको भएपनि त्यो रोग नसार्ने खालको रहेको बताए। डा. गौतमले कोरोना भाइरस सामान्य तापक्रमको पानीमा वा फोहोर पानी वा अस्पतालबाट निस्किने ढलमा दुई दिनसम्म बाँच्ने बताए। त्यसैले ढलमा कोरोना भटियो भन्दै संक्रमण समुदायस्तरमा फैलिएर जटिल भएको भन्न नहुने उनको भनाइ छ। यसबाट संक्रमण अरूमा नसर्ने भएपनि सरसफाइमा काम गर्न व्यक्तिहरूले सुरक्षा सामग्री लगाउनुपर्ने मन्त्रालयको सुझाव छ। एक निजी प्रयोगशालाले उपत्यकाको चार ठाउँको ढलको नमूना परीक्षण गर्दा दुई ठाउँमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ। सेन्ट्रल फर मलिकुलर डायनामिक नेपालले यो अध्ययन गरेको हो।
Categorized in उपत्यका