STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रहरी दमनविरुद्ध आज खोकना बन्द

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २३, मंगलबार

काठमाडौं – ऐतिहासिक व सांस्कृतिक नेवाः बस्ती खोकनामा भएको प्रहरी दमनविरुद्ध मंगलबार खोकना बन्द गरिएको छ । खोकनाका स्थानीयले आफ्नै भूमिमा रोपाइँ गर्न खोज्ना सुडोलमा शनिबार प्रहरीले बल प्रयोग गरेका थिए । प्रहरीको उक्त दमनविरुद्ध खोकना बन्द गरिएको हो । सरकारले खोकनाको सुडोलबाट फास्ट ट्र्याकको नाममा जग्गा अधिकरण गर्न लागेको हो भने खोकनाबासीले यसको निरन्तर विरोध गर्दै आइरहेका छन् । आदिवासी, सामाजिक र सांस्कृतिक स्थानमा विकास निर्माणको कार्य गर्नुअघि स्थानीयको समर्थन र इच्छा आवश्यक रहने अन्तर्राष्ट्रिय कानुन र मान्यता रहिआएको छ ।
Categorized in उपत्यका