STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७५ चैत्र १९, मंगलबार

    पानी शुद्ध पार्ने सिमेन्टका फिल्टर

    कञ्चनपुरको जोनापुरका महिला विपन्न परिवारलाई वितरण गर्न दातृ निकायको सहयोगमा तयार गरिएका पानी शुद्ध पार्ने सिमेन्टका फिल्टरमा पानी भर्दै । विपन्न परिवारका सय जनालाई सिमेन्टका फिल्डर उपलब्ध गराइएको छ ।

  • २०७५ चैत्र १८, सोमबार

    बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने

    नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको छ । आगामी २७ गतेदेखि साँझ भैरवको रथ तानेर शुरु भई वैशाख ५ गते साँझ पुनः भैरवकै रथ तानेर सम्पन्न हुने जात्राका लागि आवश्यक पर्ने भैरव र भद्रकालीको रथ निर्माण कार्य शुरु भएको छ । जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न नगरपालिका, प्रहरी, प्रशासन र सरोकारवालाले...

  • २०७५ चैत्र १५, शुक्रबार

    बसपार्क निर्माणले तुलसीपुरवासीमा खुशियाली

    तुलसीपुरमा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएपछि यहाँका नागरिक खुशी भएका छन् । यात्रुलाई सहज र सुरक्षित तरिकाबाट यातायात सेवा प्रदान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको कार्यलाई तीब्ररुपमा अगाडि बढाएको छ । तुलसीपुर क्षेत्रमा अहिलेसम्म बसपार्क निर्माण नभएकाले यातायात सञ्चालन कार्य निकै चुनौतीपूर्ण र जटिल हुँदै आएको थियो । “बसपार्क निर्माण...

  • २०७५ चैत्र १५, शुक्रबार

    बगरखेतीको भरमा बाढीपीडित

    विसं २०६५ मा दोदा नदीमा लालझाडी गाउँपालिका–४ खल्लाजाइका करीब ३०० परिवार विस्थापित भए । दोदा नदीमा आएको बाढीबाट विस्थापित भएका अझै पनि गाउँको उत्तरतर्फ रहेको लालझाडी सामुदायिक वन क्षेत्रमा आश्रय लिइरहेका छन् । नदीले घरखेत कटान गरेपछि सामुदायिक वन ९डाँगाजाइ० मा बस्दै आएका बाढीपीडित दोदा नदीमै बगरखेती गरेर परिवारको खर्च टारिरहेका छन् । “दशकअघि उही दोदा नदीले उठिबास लगायो”, डाँगाजाइका स्थानीय...

  • २०७५ चैत्र १४, बिहिबार

    प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिए पछि प्रदेश नं २ मा एसइई परीक्षा स्थगित

    राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाअन्तर्गत आजको अनिवार्य विज्ञान विषयको परीक्षा प्रदेश नम्बर २ मा स्थगित गरेको छ । यस विषयको प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिएकाले भन्दै बोर्डको आज बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले सूचना जारी गर्दै आज स्थगित भएको परीक्षा आगामी २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने जनाएको छ । प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने पनि बोर्डले...

  • २०७५ चैत्र १४, बिहिबार

    मध्यपुरथिमिमा फोटो प्रदर्शनी

    मध्यपुरथिमि नगरपालिका–३ सानोठिमीस्थित खेल मैदानमा आज वृहत फोटो प्रदर्शनीको आयोजना गरिएको छ । मध्यपुरथिमि नगरपालिकाको २३आँै स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीमा राष्ट्रिय समाचार समिति ९रासस०का पत्रकारहरु रत्न श्रेष्ठ, रमेश गिरी र नवीन पौडेल तथा न्यूज अफका जगत प्रजापतिलगायतले विभिन्न समयमा खिचेका तस्बीर प्रदर्शनीमा राखिएका छन् । नगरपालिका भित्र सञ्चालित विकास निर्माणका काम,...

  • २०७५ चैत्र १२, मंगलबार

    बेसहारा बने उज्ज्वल

    सुनिल स्मृति गाउँपालिका–२ खुङ्ग्री रोल्पाका सात वर्षीय उज्ज्वल पुन जन्म दिने बुबाआमाले छाडेर गएपछि बेसहारा भएका छन् । नाबालक अवस्थामै जन्म दिने बुबाआमाले छाडेर गएपछि उनी एक्लै दिन काटिरहेका छन् । दुई वर्ष पहिले घर छाडेका बुबा श्यामबहादुर पुन अहिलेसम्म घर फर्केका छैनन् । काठमाडौँ इँटाभट्टामा काम गर्ने उनले उतै अर्को विवाह गरेको थाहा पाएपछि उज्ज्वलकी आमा पनि गत साउनदेखि घर छाडेर गइन् । घर छाडेकी...

  • २०७५ चैत्र ११, सोमबार

    साईकल ¥याली गर्दै ललितपुर कला महोत्सवको प्रचार

    क्राफ्ट सिटीको प्रचारात्मक अभियान स्वरुप शनिबार ललितपुरमा भएको बृहत साईकल ¥यालीको उद्घाटन कार्यवाहक प्रहरी महानिरीक्षक ठूले राईले गर्नुभएको छ । ललितपुर महानगरपालिका–१६ ले सो ¥यालीको आयोजना गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षक समेत रहनुभएका राईले कला, संस्कृति, सम्पदा, इतिहासको संरक्षण गर्ने उद्देश्यले हुन लागेको महोत्सवको सफलताको कामना गर्नुभयो। ललितपुर कला, संस्कृतिको शहर रहेको उल्लेख गर्दै...

  • २०७५ चैत्र ८, शुक्रबार

    ऋण तिर्न नसक्दा वादी बिचल्लीमा

    पढाइ, घर खर्च र विवाह गर्दा जयपृथ्वी नगरपालिका–१० चैनपुरका सुरेन्द्र वादीले स्थानीय लक्ष्मी सुनारबाट १० वर्ष अगाडि लिएको रु ३० हजार ऋण तिर्न नसक्दा साहुले घरमा ताला लगाइदिएपछि अहिले उनी अरुको घरमा बस्न बाध्य भएका छन् । साँवाब्याज जोडेर उनले रु ७३ हजार साहुलाई तिर्न बाँकी छ । ऋण तिर्न नसकेर साहुले घरमा ताला लगाइदिएपछि आफूहरु अर्काको घरमा बस्न बाध्य भएको सुरेन्द्रका भाई कमल वादीले बताउनुभयो ।...

  • २०७५ चैत्र ८, शुक्रबार

    पानीको समस्या टार्दै इच्छाकामना

    हिउँद लागेसँगै पानीका लागि मुहान खोज्दै भौंतारिनुपर्ने इच्छाकामनाको लेवाटार क्षेत्रका बासिन्दा यसवर्ष भने घरका धारामा नै पानी आउने भएपछि खुशी भएका छन् । चैतदेखि असारसम्म उनीहरु त्रिशूली किनारमा झरेर मूल खोज्दै हिँड्नु पर्दथ्यो तर जनप्रतिनिधि आएसँगै उनीहरुले यसवर्षको हिउँदमा पानीका लागि धाउन नपर्ने भएको छ । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा त्रिशूली नदी किनारमा मुहानलाई संरक्षण गरेर १५ हजार लिटरको...

  • २०७५ चैत्र ७, बिहिबार

    देउडा संस्कृतिको संरक्षणमा जोेड

    कर्णाली देउडा समाज जुम्लाले माघ महीनाको १ गतेबाट जुम्ला सदरमुकाममा नियमित देउडा कार्यक्रम गर्दै आएको छ । नियमित देउडा कार्यक्रमअन्तर्गत जुम्लाको सदरमुकाममा आज पनि देउडा कार्यक्रम गरिएको हो । हराउँदै गएको देउडा संस्कृतिको संरक्षण गर्न र प्रचारप्रसारको लागि प्रत्येक महीनाको १ गतेका दिन देउडा कार्यक्रमको थालनी गरिएको हो । कर्णालीको मौलिक परम्पराका रुपमा रहेका देउडा गीतको संरक्षण र विकास गर्ने...

  • २०७५ चैत्र ७, बिहिबार

    सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा योजना बुझाएर मात्र काम अघि बढाउन काठमाडौँ महानगरको आग्रह

    काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा महानगरलाई योजना बुझाएर मात्र काम अघि बढाउन आग्रह गर्नुभएको छ । प्रमुख शाक्यले आज भएको छलफलमा सरोकारवाला कार्यालयका प्रमुखलाई भन्नुभयो, “सडक मर्मत, निर्माण र अन्य काम गर्दा शुरु कहिलेबाट गर्ने कहिलेसम्म उक्त काम सक्ने, दैनिक कामदार कति खटिनेजस्ता विषयमा विवरण बुझाउनुहोस् ।” शाक्यले भन्नुभयो, “सडक सफा गर्न...

Pages