STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

एक घर एक रक्तदाता अभियानले रगत मौजातमा सुधार

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २९, शनिबार

कोरोना भाईरसका कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाण्डू जिल्ला शाखाले संयुक्त रूपमा “एक घर एक रक्तदाता” अभियान शुरू गरेको दोस्रो हप्तामा प्रवेश गरेको छ । यस अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजनमा ढोकाटोल काठमाण्डू निवासी जेन शाहिको अगुवाईमा भक्तपुर रक्त संचार केन्द्र (ब्लड बैंक) मार्फत मिति २९ चैत्रमा रगत संकलन गरिएको छ। कामपा १९ वडाको ईनायटोल, ढोकाटोल, ताम्सीपाखा, नरदेवी र ढल्कोका १८ जना स्थानीयले रक्तदान गरेका छन् । ‘लकडाउनको समयमा रगतको अभाव भएको फेशबुकमार्फत जानकारी पाएकोले साथीहरुलाई रक्तदानको लागि अपिल गर्यौ ।झ जेन शाहीले बताए, ‘घरघरमा आएर रगतको संकलन गरिने जानकारी प्राप्त भएपछि आफ्नै घरमा रेडक्रस सोसाइटीका सहकर्मीहरुलाई बोलाएर यो रक्तदान कार्यक्रम गरेका हौं ।’ सो अपिललाई सहर्ष स्वीकार्दै स्थानीयले घरदैलो मै रक्तदान गरेको शाहीले बताए।’यस्तो महामारीको अवस्थामा रगतको अभावले थप कसैको ज्यान गुमाउनु नपरोस् भनेर यो कार्यक्रमको अयोजना गरेको हो ।’ शाहीले स्पस्ट पारे । पहिलो पटक रक्तदान गर्नु हुने ३० बर्षिय निरज महर्जन आफैले रत्तदान गरेर पुण्य कमाएँ भन्नु हुन्छ र नियमित ३(३ महिनामा यसरी नै रगत दान सवैले गर्नु पर्ने आवश्यकतालाई अझ व्यापक प्रचार प्रसार गर्नु पर्ने कुरामा आयोजकको ध्यानाकर्षण गर्नु भयो। यस्तो लकडाउनको समयलाई चुनौतीको रुपमा सामना गरेर रक्तदान कार्यक्रम गर्दा व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ सावधानिक रुपमा रक्तदान सम्पन्न गरेको महाबौद्ध उपशाखाका सभापति योगेश कुमार शाहीले बताउनु भयो। प्रत्येक घरपरिवारवाट एक जनाको दरले नियमित रगत दान गर्ने हो भने हालको अभाव सामान्य हुनेछ । तसर्थ “एक घर एक रक्तदाता” अभियानले महामारीको अवस्थामापनि व्यापकता गर्नु पर्ने जरूरी देखिन्छ । सामाजिक दुरी कायम गरी संक्रमणको सुरक्षा व्यवस्थापन कायम गरी घर दैलोमा रगत संकलन गरिने भएको हुँदा यसले रक्त संकलन र संचारमा नौलो अभ्यासको थालनी गर्ने छ । पछिल्लो समय रक्तदाता घरघरमै सीमित भएकोले स्वास्थ्य क्षेत्रमा रगतको अभाव चुलिएको छ । त्यसैले पनि रेडक्रसले घरदैलो रगत संकलन अभियानलाई तीव्र बनाएको छ । यस अभियान गएको साता शुक्रवार देखि संचालनमा आएको हो र सामुहिक प्रयासबाट हाल भक्तपुर ब्लड बैकमा १००० युनिट रगत मौजात रहेको जानकारी रक्त संचार केन्द्रका प्राविधिक दामोदर नकर्मीले दिनु भयो। अवको दिनमा दिनहुँ २०० युनिट रगत संकलन भैदियो भने उपत्यकामा रगत अभाव हुने छैन । लकडाउनको समयमा रगतको अभाव हुन नदिन रक्तदान गरेका व्यक्तिहरुको नामावली यस प्रकार छन् – १ जेन शाही २ रितेश शाही ३ निरज महर्जन ४ कुमार खड्गी ५ कमला शाही ६ प्रिसल शाही ७ अमन भुजेल ८ प्रगुन महर्जन ९ कविर कुमार शाही १० आशा काजी डंगोल ११ सुमन भन्डारी १२ प्रविन खड्गी १३ अनित खड्गी १४ रिक्चना शाही १५ लक्ष्मी खड्गी १६ प्रवीन महर्जन १७ बाल कृष्ण महर्जन १८ उज्जव श्रेष्ठ
Categorized in उपत्यका