STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरका भाषासेवी प्रधान रहेनन्

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३०, आइतबार

कीर्तिपुर– कीर्तिपुरका नेपालभाषा सेवी एवं स्वास्थ्यकर्मी ईश्वरमान प्रधानको चैत २९ गते शनिबार निधन भएको छ । लाय्‌कू टोलमा बस्दै आएका प्रधान त्रिभुवन विश्वविद्यालयबाट सिअहेबको पढाइ सकाएर परोपकार स्वास्थ्य सेवामा कार्यरत हुनुहुन्थ्यो । उनी त्रिशुली हाइड्रो पावरका जागिरे पनि थिए । जागिरे जीवनमा उनी त्रिशुलीमै बस्ने गर्दथ्यो । त्रिशुलीको बसाइँमा पनि प्रधानले आफ्नो मातृभाषा नेपालभाषाप्रतिको लगावको कारण त्रिशुली माध्यमिक विद्यालयमा पनि नेपालभाषा अध्यापनको व्यवस्था गरेका थिए । नेसं १०५८ मा जन्मिएका प्रधानका नेपालभाषाका लेखहरु प्रकाशित भएका छन् भने स्वास्थ्य विषयका नेपालभाषाका पुस्तकहरु पनि प्रकाशित छन् । प्रधानका नेसं ११२२ मा ‘झीगु तजिलजिइ नखः व जात्रा’, नेसं ११२४ मा ‘लः व नसा’, नेसं ११२६ मा ‘हे मनू व मेगु चिनाखँ’, नेसं ११२८ मा ‘दुषित वातावरणं वइगु ल्वय् व स्वास्थ्य शिक्षा’ पुस्तकहरु प्रकाशित छन् । प्रधानले विसं २०१९ सालमा रेडियो नेपालको जीवन दबू कार्यक्रममा थुप्रै कविता, कथा एवं रचनाहरु वाचन गरिसकेका थिए ।
Categorized in उपत्यका