STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रातो मछिन्द्रनाथको रथयात्रा पनि स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २८, शुक्रबार

काठमाडौं– विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारण सिर्जना भएको विषम परिस्थितिको कारण ललितपुरमा मनाइने सबैभन्दा लामो रथयात्रा मछिन्द्रनाथको रथयात्रा स्थगित भएको छ । शुक्रबार (चैत २८) देखि सुरु हुने मछिन्द्रनाथको रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ । गुठी संस्थानका राजन भुजु र ज्यापु समाज यलका चन्द्र महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा अहिले रथको जग राख्ने र निर्माण कार्य स्थगित गरिएको तथा लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर रथ निर्माण सुरु गरिने निर्णय भएको जनाइएको छ । यसअघि गुठी संस्थान ललितपुर शाखाका राजन भुजूको प्रमुख उपस्थितिमा बसेको एक बैठकले रातो मछिन्द्रनाथको महास्नान गरी  चैत २८ गतेदेखि पूल्चोकमा रथ निर्माण गर्ने निर्णय गरेको थियो । लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । यही वैशाख १२ गते रातो मछिन्द्रनाथलाई रथारोहण गराई १५ गतेदेखि रथयात्रा हुने भएको थियो ।
Categorized in उपत्यका