relans
ni new 83
nib 2082 5

कामपा १५ वडामा राहत वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ३०, आइतबार

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं १५ मा असहाय, विपन्न, दैनिक ज्याला मजदुरी गरी खाने व्यक्तिहरुलाई आइतबार (चैत ३० गते) राहत वितरण गरिएको छ । नेपाली सेना श्रीमती संघ तथा समाजसेवीहरुबाट खाद्यान्न, तरकारी, मरमसला, गेडागुडी राहत वितरण गरिएको थियो । प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ, १५ वडा अध्यक्ष एवं कामपा प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरु आनन्दराम गौतम, मैयाँलक्ष्मी महर्जन, स्वयंसेवकहरु, स्थानीय क्लब तथा टोल सुधार समितिका प्रतिनिधिहरुसहितको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
Categorized in उपत्यका
ppp 2