STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरका उपमेयर राहत वितरणको अनुगमनमा

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २८, शुक्रबार

ललेन्द्र शाक्य

कीर्तिपुर – कीर्तिपुर नगरपालिकामा प्रत्येक वडाबाट भइरहेको राहत वितरणको अनुगमन गर्न उपमेयर सरस्वती खड्का रिजालको संयोजकत्वमा अनुगमन समिति गठन भएको छ । यस अनुगमन समितिले प्रत्येक वडामा भइरहेको राहत वितरणको अनुगमन पनि गरिरहेको छ । कोरोना संक्रमण रोकथामको लागि नेपाल सरकारले देशभर लकडाउन लागु गरेपश्चात् खाद्य सामग्री अभाव हुन नदिन नगरपालिका, गाउँपालिकामार्फत् राहत वितरण भइरहेको छ । यसैक्रममा कीर्तिपुर नगरपालिकाले पनि आफ्ना १० वटै वडाबाट राहत वितरणलाई निरन्तरता दिइरहेको छ । राहत वितरणको लागि प्रत्येक नगरपालिकालाई जिम्मेवारी दिए पनि त्यसमा अनियमितता, असन्तुलन एवं भ्रष्टाचार हुन नदिन एक सर्वदलीय समिति गठन गरी अनुगमन पनि भइरहेको छ । राहत वितरणमा कुनै पनि वडा वा व्यक्तिबाट अनियमितता र स्वार्थपूर्ण कार्य भएमा कडा कारबाही गरिने जानकारी दिँदै राहत वितरण अनुगमन सर्वदलीय समितिका संयोजक रिजालले भने, “कीर्तिपुर नगरभित्र राहत वितरणलाई व्यवस्थित, सुरक्षित एवं स्वार्थरहित बनाएर स्तरीय वितरण प्रणाली बनाउने र यसको लागि नगरपालिकाको संयोजकत्वमा एक अनुगमन सर्वदलीय समिति गठन गरी प्रत्येक वडाबाट भइरहेको राहत वितरणको अनुगमन भइरहेको छ ।” उपमेर रिजालले राहत वितरण अनुगमन सर्वदलीय समितिमा कीर्तिपुर नगरका सम्पूर्ण राजनीतिक पार्टीका प्रतिनिधिलगायत विभिन्न सामाजिक संघसंस्थाका अभियन्ता तथा सम्बन्धित व्यक्तिहरु समाविष्ट गरेको जानकारी दिएका छन् । खड्काले भने, “समितिमा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टीलगायत अन्य पार्टीका प्रतिनिधिहरु समावेश छन् ।” लकडाउनको समय नगरबासीलाई समस्या परेमा वडा वा नगरपालिकामा सम्पर्क गर्न पनि रिजालले नगरबासीमा अनुरोध गरेका छन् ।
Categorized in उपत्यका