STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं महानगरको आकस्मिक बैठक, भीडभाड हुने कार्यक्रम नगर्न अनुरोध

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ६, बिहिबार

काठमाडौं– विश्व्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस पूर्व नियन्त्रणको लागि काठमाडौं महानगरपालिकाको आकस्मिक बोर्ड बैठक बिहीबार (चैत ६ गते) दिउँसो बसेको छ । नेपाल सरकारले बुधबार कोरोना भाइरस पूर्व नियन्त्रणका लागि गरेका विविध निर्णयपछि महानगरको उक्त बोर्ड बैठक बसेको हो । महानगरबासीलाई यस भाइरसबाट बचाउने विभिन्न उपाय अपनाउन अनुरोध गर्नको लागि उक्त बैठक बसेको हो । उक्त आकस्मिक बैठकले महानगरबासीलाई भीडभाडमा नजान र भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न तथा काठमाडौं महानगरपालिकाका सबै जनप्रतिनिधिलाई सार्वजनिक सभा, भोजमा नजाने अनुरोधसहितको निर्णय गरेको छ । यसैगरी, बोर्डले काठमाडौंभित्रका जात्रापर्वहरु विधिअनुरुप मात्र मनाउन पनि सार्वजनिक अनुरोध गरेको छ ।
Categorized in उपत्यका