STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कामपाबाट मास्क र स्यानिटाइजर वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ८, शनिबार

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि आज ३२ वटै वडामा एक हजार थानका दरले मास्क र आधा लिटरका दुई थानका दरले स्यानिटाइजर पठाइएको छ । विश्वभर फैलिएको कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि बिहीबार बसेको आकस्मिक कार्यपालिका बैठकको निर्णयअनुसार उक्त सामग्री वडामा पठाइएको हो । उक्त सामग्री वडामा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत वितरण गरिने कामपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिनुभयो । हरेक वडासहित वातावरण व्यवस्थापन विभागका लागि तीन हजार थान मास्क पठाइएको महानगरको शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलाश बज्राचार्य भन्नुहुन्छ । महाशाखाले शहरी स्वास्थ्य क्लिनिकका अतिरिक्त अन्य विभिन्न २१ स्थानमा स्वास्थ्य सहायता कक्ष सञ्चालनको तयारी गरेको छ । स्वास्थ्य सहायता कक्षमा मास्क, स्यानिटाइजर, प्रचार सामग्री, थर्मल गनसहित राखिनेछ । कामपाले शुक्रबारदेखि राष्ट्रियसभा गृहबाट स्वास्थ्य सहायता कक्ष सञ्चालन कार्य शुरु गरिसकेको छ । वडावासीले सम्बन्धित वडा कार्यालयबाट निःशुल्क मास्क प्राप्त गर्न सक्नेछन् ।
Categorized in उपत्यका