STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

उपत्यका

  • २०७६ बैशाख ६, शुक्रबार

    राजविराजमा हनुमानजयन्ती

    श्रीरामभक्त हनुमानका भक्तले आज राजविराजमा हनुमान जयन्ती मनाएका छन् । मारवाडी युवा मञ्चको अगुवाइमा भएको कार्यक्रममा सयौंँ भक्तले दिनभरि हनुमानको पूजाराधना गरी भजन, कीर्तन र नृत्य गरेर हनुमानजीको जन्मोत्सव मनाएका हुन् । प्राचीन हनुमान मन्दिरबाट रथसहित हातहातमा झण्डा लिएर निस्किएको जुलुसले नगर परिक्रमा गरी चकलेट र मिठाइ बाँड्दै शुभकामना आदानप्रदान गरे । हिन्दू तथा जैन धर्मावलम्बी मारवाडी समुदायले...

  • २०७६ बैशाख ५, बिहिबार

    मारुनी नाच जोगाउँदै स्थानीय सरकार

    मगर समुदायमा परम्परादेखि नै विभिन्न शुभकार्यमा देखाइने गर्रा अर्थात् मारुनी नाच डडेल्धुरामा लोप हुने अवस्थामा छ । समुदायका न्वारान, व्रतबन्ध, विवाहलगायत शुभकार्यमा देवीदेवताको आराधना गर्दै मारुनी नाच नचाउने गरिन्छ । मारुनी नाचमा दुई मारुनी, दुईदेखि तीन मादले, एक पुर्सुङ्गे र ६ देखि १० जनासम्म गायक हुन्छन् । यदि मारुनी नाचमा तीन मादले अथवा एक मात्र मारुनी छन् भने त्यहाँ पुर्सुङ्गेलाई एक मादलेसँग...

  • २०७६ बैशाख ३, मंगलबार

    आलेख ः छलिया नर्तकहरुलाई जीवन धान्नै मुश्किल 

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका श्याम दमाईले छलिया नृत्य देखाउन थालेको डेढ दशक भयो । नृत्य देखाएवापत मुश्किलले उहाँको महीनामा पाँच हजार रुपैयाँ जति कमाइ हुन्छ । कुनै महीना नृत्यका लागि माग नआए खाली हात घरमै बस्नु पर्ने हुन्छ ।   छलिया नृत्यमा सहभागी हुने दशजनाको टोली उहाँसँग छ । टोलीका सदस्यहरुमध्ये दुई जनाले नृत्य देखाउने, गीत गाउने र अरुले बाजा बजाउने गर्छन् ।  टोलीले छलिया नृत्य...

  • २०७५ चैत्र २७, बुधबार

    स्थानीय सरकारप्रति गुनासो

    स्थानीय सरकार बनेपछि सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि झनै गुनासा बढेका छन् । स्थानीय सरकारको काम, कर्तव्य र अधिकार प्रभावकारी ढङ्गबाट अघि बढ्न नसकेकामा सरोकारवाला निकाय चिन्तित बनेका छन् । पाल्पाको तिनाउ गाउँपालिकाले आव २०७५÷७५को सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सरकारद्वारा सम्पादित काममा सार्वजनिक चासोका विषयमा ढिलासुस्ती, शाखा प्रमुख कार्यालयमा भेट नहुनु, आयोजनास्थलमा होर्डिङबोर्ड...

  • २०७५ चैत्र १९, मंगलबार

    पानी शुद्ध पार्ने सिमेन्टका फिल्टर

    कञ्चनपुरको जोनापुरका महिला विपन्न परिवारलाई वितरण गर्न दातृ निकायको सहयोगमा तयार गरिएका पानी शुद्ध पार्ने सिमेन्टका फिल्टरमा पानी भर्दै । विपन्न परिवारका सय जनालाई सिमेन्टका फिल्डर उपलब्ध गराइएको छ ।

  • २०७५ चैत्र १८, सोमबार

    बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने

    नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको छ । आगामी २७ गतेदेखि साँझ भैरवको रथ तानेर शुरु भई वैशाख ५ गते साँझ पुनः भैरवकै रथ तानेर सम्पन्न हुने जात्राका लागि आवश्यक पर्ने भैरव र भद्रकालीको रथ निर्माण कार्य शुरु भएको छ । जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न नगरपालिका, प्रहरी, प्रशासन र सरोकारवालाले...

  • २०७५ चैत्र १५, शुक्रबार

    बसपार्क निर्माणले तुलसीपुरवासीमा खुशियाली

    तुलसीपुरमा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएपछि यहाँका नागरिक खुशी भएका छन् । यात्रुलाई सहज र सुरक्षित तरिकाबाट यातायात सेवा प्रदान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको कार्यलाई तीब्ररुपमा अगाडि बढाएको छ । तुलसीपुर क्षेत्रमा अहिलेसम्म बसपार्क निर्माण नभएकाले यातायात सञ्चालन कार्य निकै चुनौतीपूर्ण र जटिल हुँदै आएको थियो । “बसपार्क निर्माण...

  • २०७५ चैत्र १५, शुक्रबार

    बगरखेतीको भरमा बाढीपीडित

    विसं २०६५ मा दोदा नदीमा लालझाडी गाउँपालिका–४ खल्लाजाइका करीब ३०० परिवार विस्थापित भए । दोदा नदीमा आएको बाढीबाट विस्थापित भएका अझै पनि गाउँको उत्तरतर्फ रहेको लालझाडी सामुदायिक वन क्षेत्रमा आश्रय लिइरहेका छन् । नदीले घरखेत कटान गरेपछि सामुदायिक वन ९डाँगाजाइ० मा बस्दै आएका बाढीपीडित दोदा नदीमै बगरखेती गरेर परिवारको खर्च टारिरहेका छन् । “दशकअघि उही दोदा नदीले उठिबास लगायो”, डाँगाजाइका स्थानीय...

  • २०७५ चैत्र १४, बिहिबार

    प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिए पछि प्रदेश नं २ मा एसइई परीक्षा स्थगित

    राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाअन्तर्गत आजको अनिवार्य विज्ञान विषयको परीक्षा प्रदेश नम्बर २ मा स्थगित गरेको छ । यस विषयको प्रश्नपत्र परीक्षा आगाडि नै बाहिरिएकाले भन्दै बोर्डको आज बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले सूचना जारी गर्दै आज स्थगित भएको परीक्षा आगामी २२ गते सोही केन्द्रमा नै सञ्चालन हुने जनाएको छ । प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने पनि बोर्डले...

  • २०७५ चैत्र १४, बिहिबार

    मध्यपुरथिमिमा फोटो प्रदर्शनी

    मध्यपुरथिमि नगरपालिका–३ सानोठिमीस्थित खेल मैदानमा आज वृहत फोटो प्रदर्शनीको आयोजना गरिएको छ । मध्यपुरथिमि नगरपालिकाको २३आँै स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीमा राष्ट्रिय समाचार समिति ९रासस०का पत्रकारहरु रत्न श्रेष्ठ, रमेश गिरी र नवीन पौडेल तथा न्यूज अफका जगत प्रजापतिलगायतले विभिन्न समयमा खिचेका तस्बीर प्रदर्शनीमा राखिएका छन् । नगरपालिका भित्र सञ्चालित विकास निर्माणका काम,...

  • २०७५ चैत्र १२, मंगलबार

    बेसहारा बने उज्ज्वल

    सुनिल स्मृति गाउँपालिका–२ खुङ्ग्री रोल्पाका सात वर्षीय उज्ज्वल पुन जन्म दिने बुबाआमाले छाडेर गएपछि बेसहारा भएका छन् । नाबालक अवस्थामै जन्म दिने बुबाआमाले छाडेर गएपछि उनी एक्लै दिन काटिरहेका छन् । दुई वर्ष पहिले घर छाडेका बुबा श्यामबहादुर पुन अहिलेसम्म घर फर्केका छैनन् । काठमाडौँ इँटाभट्टामा काम गर्ने उनले उतै अर्को विवाह गरेको थाहा पाएपछि उज्ज्वलकी आमा पनि गत साउनदेखि घर छाडेर गइन् । घर छाडेकी...

  • २०७५ चैत्र ११, सोमबार

    साईकल ¥याली गर्दै ललितपुर कला महोत्सवको प्रचार

    क्राफ्ट सिटीको प्रचारात्मक अभियान स्वरुप शनिबार ललितपुरमा भएको बृहत साईकल ¥यालीको उद्घाटन कार्यवाहक प्रहरी महानिरीक्षक ठूले राईले गर्नुभएको छ । ललितपुर महानगरपालिका–१६ ले सो ¥यालीको आयोजना गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षक समेत रहनुभएका राईले कला, संस्कृति, सम्पदा, इतिहासको संरक्षण गर्ने उद्देश्यले हुन लागेको महोत्सवको सफलताको कामना गर्नुभयो। ललितपुर कला, संस्कृतिको शहर रहेको उल्लेख गर्दै...

Pages