STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पाटनमा इतिल्हने सम्यक फागुन १४ र १५ गते

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ८, बिहिबार

काठमाडौं– पाँच वर्षमा एकपटक ललितपुरमा हुने सम्यक महादान पर्व यही फागुन १४ र १५ हुने भएको छ । हिरण्यवर्ण महाविहार (क्वाबहाः) को लागि इतिल्हने सम्यक महादान आयोजक समितिको व्यवस्थापनमा सो पर्व हुन लागेको हो । ् यस पर्वलाई लिच्छिविकालीन संस्कृति र सभ्यताको धरोहरको रुपमा लिइन्छ । सात सय वर्षदेखि यो पर्व निरन्तर चल्दै आएको छ । विसं १८६१ सम्म प्रत्येक वर्ष सञ्चालन हुँदै आएको यो पर्व १८६२ साल देखि प्रत्येक पाँच वर्षको एकचोटी सञ्चालन हुन थालेको हो । तत्कालीन राजा रणबहादुर शाहले गुठीको जग्गा सरकारीकरण गर्न थालेपछि आयस्ता कम भयो । यसले गर्दा पाँच वर्षको एकचोटी पर्व आयोजना गर्न थालिएको हो । अब हुन लागेको पर्व ५३ औं पर्व हो । पर्व सञ्चालनको लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनसम्पर्क तथा प्रचारप्रसार संयोजक लोकमान शाक्यले बुधबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिनुभयो । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको संयोजनमा सो पत्रकार भेटघाट कार्यक्रम भएको थियो । सम्यक पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको अभिव्यक्त गरिरहेको संस्कृति–अध्येयता लोकरत्न शाक्यले पत्रकार भेटघाटमा बताउनुभयो । पर्वको पहिलो दिन राति काठमाडौं उपत्यकाका विभिन्न विहार र महाविहारबाट ल्याइएका १ सय २६ देवीदेवताका मूर्तिलाई पाटन दरबार क्षेत्रमा राखिनेछ । त्यसपछि दिपंकर बुद्ध, अवलोकितेश्वर, बसुन्धरादेवी, आर्यतारालगायत देवीदेवताहरुलाई परम्परागत बाजागाजाका साथ इतिहल्हने (नागबहालमा) लगिनेछ । परम्पराअनुरुप फागुन १४ गते बुधबार बेलुकी ७ बजेदेखि देवीदेवतालाई क्रमबद्ध राख्न सुरु गर्ने र १० बजे सम्यक महादान हुने मुख्य स्थान नागबहालमा लगिने संयोजक शाक्यले बताउनुभयो । त्यसको भोलिपल्ट अर्थात फागुन १५ गते विहीबार महाविहारका २० ज्येष्ठ व्यक्ति (स्थविरआजु)ले विशेष पुजाआजा गरी दान दिने परम्परा रहेको छ । यही दान दिने कार्य नै पर्वको मुख्य सार रहेको अध्ययेता शाक्यले बताउनुभयो ।

किम्बदन्तीमा सम्यक

यो पर्व भगवान गौतम बुद्धको उपदेश दानपारमिता र त्यसको महत्वसँग सम्बन्धित रहेको छ । यसको शुरुआतसँग एउटा किम्बदन्ती चलनचल्तीमा रहेको छ । ठकुरी वंशका राजा भाष्करदेवका एकजना सन्तान समयक्रममा निकै गरिब बन्दै गएको थियो । भरिभारो नाम गरेका ती व्यक्तिले आफ्नो गरिबी लुकाउन गोबर जम्मा गर्न थाले । रिभारो गरिब भए पनि बुद्ध धर्मप्रति निकै आस्था र समर्पित थिए । धर्मप्रति आस्थाले गर्दा उनले जम्मा गर्न थालेको गोबर पछि सुनमा परिणत भयो । धर्मकै कारणले सम्पति प्राप्त भएको विश्वास गर्दै सम्यक महादान पर्व आयोजना गरिएको जनविश्वास रहेको छ । पर्वमा रोटी दान दिनको लागि धार्मिक विधिपूर्वक चुल्हो बनाउने, र फागुन ६ गते नागबहालमा रहेको वासुकी नागराज र चम्पक नागराजको पुजा सम्पन्न भइसकेको छ । फागुन ८ गते विहीबार योसिँद्यः ठड्याउने कार्यक्रम रहेको पनि संयोजक शाक्यले बताउनुभयो ।

‘पर्व संरक्षणमा महानगरपालिका ध्यान गएन’

सम्यकजस्तो अर्मूत संस्कृतिको संरक्षणमा ललितपुर महानगरपालिकाले उदासिनता देखाएको समितिका अध्यक्ष विकासरत्न धाख्वाले पत्रकार भेटघाटमा बताउनुभयो । ‘ललितपुरलाई सांस्कृतिक नगरी बनाउने भन्ने कुरो भाषणमा खुबै सुनिन्छ । तर पर्वको संरक्षणतर्फ महानगरपालिकाका जनप्रतिनिधिहरुको ध्यान गएको देखिएन । यस्तो तरिकाले सांस्कृतिक नगरी कसरी बन्छ ?’ अध्यक्ष धाख्वाले प्रश्न गर्नुभयो । १६ वडाबाट भएको २ लाख ५० हजार सहयोगलाई नै महानगरपालिकाले गरेको सहयोग भनेर सम्झिनुपर्ने अवस्था रहेको बताउँदै अध्यक्ष धाख्वाले भन्नुभयो ‘जब कि पर्व सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ आवश्यक पर्दछ ।
Categorized in उपत्यका