STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खोकना महोत्सव जारी

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १०, शनिबार

खोकना– शुक्रबार फागुन ९ बाट सुरु भएको खोकना पर्यटन महोत्सवमा स्थानीय नेवार संस्कृति र सम्पदाका विविध झाँकी प्रदर्शन गरिएका छन् । नेवार सम्पदा र संस्कृति झल्काउने झाँकी, स्थानीय नेवार खानाका स्टल, परम्परागत रुपमा प्रयोग गरिँदै आएका भाँडाकुडा तथा ज्याभलहरुको प्रदर्शनी, परम्परागत शीपअन्तर्गत सुकुल बुन्ने, चिउरा कुट्ने, चर्खा काट्ने, धागो काट्ने, तान चलाउनेलगायतका शीप प्रदर्शनमा राखिएका छन् । यसबाहेक लाखे नाचले महोत्सवको रौनक बढाएको छ । हाकुपतासीमा सजिएका नेवार महिलाहरुको उत्साहजनक सहभागिता रहेको महोत्सवमा बेलविवाह तथा गुफा राखिने समयमा लगाइने परम्परागत पोशाकमा सजिएका बालिकाहरुको हाँसोले महोत्सवमा रौनक थपिदिएको छ । खोकनामा आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने उद्देश्यले फागुन ९ शुक्रबारबाट खोकना महोत्सव सुरु भएको हो । शुक्रबार एक कार्यक्रमबीच गृहमन्त्री रामबहादुर थापाले महोत्सवको औपचारिक उद्घाटन गरेका थिए । महोत्सव फागुन ११ सम्म चल्नेछ ।
Categorized in उपत्यका