STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छत्रपाटी चिकित्सालयको स्वास्थ्य शिविर सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ३, शनिबार

काठमाडौं– छत्रपाटी निःशुल्क चिकित्सालयले फागुन ३ गते शनिबार वृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । काठमाडौंको १७ वडास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा उक्त शिविर राखिएको थियो । शनिबार बिहानको ९ बजेदेखि १ बजेसम्म भएको स्वास्थ्य शिविरमा ढल्को तथा वरिपरिका स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए । चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले टोल–टोलमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ यस्तो शिविर सञ्चालन भइरहेको र यसलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
Categorized in उपत्यका