STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुरका पूर्वमेयर शाक्य रहेनन्

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ४, आइतबार

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं तत्कालीन ललितपुर उपमहानगरपालिकाका मेयर बेखारत्न शाक्यको निधन भएको छ । केही दिनदेखि बिरामी रहेका शाक्यको निधन फागुन ४ गते आइतबार बिहान भएको थियो । ५ गते सोमबार पाटनको शंखमुलमा अन्त्यष्टि हुने भएको छ । ८८ वर्षीय शाक्यका दुई छोरी र एक छोरा छन् । दिवंगत शाक्यको चिरशान्तिको कामना गर्दै आइतबार नै भिक्षु मैत्री र गुरुमांहरुबाट पुण्यानुमोदन सम्पन्न भएको छ । बुद्धधर्मका अनुयायी शाक्य लोकप्रिय सुनचाँदी व्यवसायी पनि हुन् ।
Categorized in उपत्यका