STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषाको लघुकथा सम्मेलन सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ४, आइतबार

काठमाडौं– ‘सः छगू फरक अभिव्यक्ति’ संस्थाको आयोजनामा १५ औं लघुकथा सम्मेलन सम्पन्न भएको छ । पाटनको इखालखु टोलमा सम्पन्न उक्त सम्मेलनमा कथाकार नःलि वज्राचार्य, काशिराम विरश र रामगोपाल आशुतोषले लघुकथा वाचन गरेका थिए । प्रत्येकले पाँच–पाँचवटा गरी १५ वटा लघुकथा सुनाएका थिए । वाचित कथाबारे साहित्यकार पुष्पराज राजकर्णिकारले टिप्पणी गरेका थिए । लघुकथा वाचन गरेका तीनैजना कथाकारलाई मोक्षबहादुर अमात्यले खादा ओढाएका थिए भने साहित्यकार सुधिर ख्वबिले मायाको चिनो हस्तान्तरण गरेका थिए । सम्मेलनलाई समाश्रीले सञ्चालन गरेका थिए ।
Categorized in उपत्यका