STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मछिन्द्रबहालमा सांगीतिक र साहित्यिक कार्यक्रम

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ९, शुक्रबार

काठमाडौं– अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा काठमाडौंको मछिन्द्रबहालमा फागुन ९ गते शनिबार सकल नेपाःमि नामक संस्थाकाे आयोजनामा एक साहित्यिक र सांगीतिक कार्यक्रम भएको छ । काठमाडौं मनपा २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्यले स्वागत मन्तव्य गरेको कार्यक्रममा जगतसुन्दर ब्वनेकुथि (विद्यालय)का विद्यार्थीहरुले स्वागत गीत गाएका थिए । कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले मन्तव्य राख्दै कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै नेपालभाषा टाइम्सका सम्पादक सुरेशकिरण मानन्धरले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा पहिलोपटक नेपालभाषामै राष्ट्रिय गान गाउन पाएकोमा खुशी व्यक्त गर्दै मातृभाषा दिवसको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा मथुरा साय्मि, डा. पुष्पराज राजकर्णिकार, नारद वज्राचार्य, राजभाइ जकःमि, रोनिका श्रेष्ठ, नरेश अमात्य, सजगता मानन्धर, यचु शाक्य, निभा डंगोल, सुरजवीर वज्राचार्य, शाक्य सुरेन, दिव्या ताम्राकार र विमलप्रभा वज्राचार्यले आ–आफ्ना साहित्यिक रचना पाठ गरेका थिए ।
Categorized in उपत्यका