STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

तुलाधरहरुको सामाजिक विधिव्यवहार विषयमा छलफल

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ४, आइतबार

न्यत (नरदेवी) टोलका तुलाधरहरुको सामाजिक विधिव्यवहारलाई लिएर छलफल कार्यक्रम भएको छ । फागुन ३ गते शनिबार न्यत तुलाधर टोल–घर (त्वाःछेँ), बुरांखेलमा उक्त छलफल कार्यक्रम भएको हो । उदाय समाज विधिव्यवहार उपसमितिका संयोजक सुमित्रा तुलाधर, समितिका संरक्षक सदस्य सागरमान तुलाधर, न्यत तुलाधर महिला समूहका अध्यक्ष मिनु तुलाधर, उदाय समाजका मुख्य सदस्य डा. सुमनकमल तुलाधर, उदाय समाज महिला समूहका अध्यक्ष कीर्ति तुलाधर, संसारधर तुलाधरलगायतले सामाजिक विधिव्यवहारबारे आ–आफ्ना मन्तव्य राखेका थिए । समितिका अध्यक्ष संसारधर तुलाधरको सभापतित्वमा भएको कार्यक्रममा सचिव ज्ञानेन्द्ररत्न तुलाधरले शुभकामना मन्तव्य दिएका थिए । मुख्यसचिव पूर्णरत्न तुलाधरले संचालन गरेको कार्यक्रममा सुनिता तुलाधरले धन्यवाद ज्ञापन गरेका थिए । ‘संस्कृति संरक्षण नै समाज संरक्षण तर संस्कृतिभित्रको बढाइचढाइ समाजको विकृति’ भन्ने नाराका साथ न्यत तुलाधर समितिको गठन भएको हो ।

(सुगतरत्न सिन्दुराकारको सहयोग)

Categorized in उपत्यका