STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जगतसुन्दर ब्वनेकुथिले ३० औं स्थापना दिवस मनाउने

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १०, शनिबार

काठमाडौं– मातृभाषाबाट शिक्षा दिने नेपालको पहिलो विद्यालय जगतसुन्दर ब्वनेकुथि (विद्यालय) संचालनको ३० औं वर्षमा प्रवेश गर्दैछ । काठमाडौं १५ वडास्थित चागलमा ३० वर्षअघि भाषासेवीहरुको संयुक्त पहलमा उक्त विद्यालय संचालनमा आएको थियो । आउँदो सोमबार (फागुन १२ गते) एक कार्यक्रमबीच विद्यालयको स्थापना दिवस मनाइँदै छ । उक्त कार्यक्रममा विद्यालयलाई सहयोग पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिने तथा सांस्कृतिक कार्यक्रम पनि देखाइनेछ । ‘मातृभाषाबाट शिक्षा दिए विद्यार्थीले चाँडै ग्रहण गर्छ’ भनी राणाकालमा नै नेपालभाषाबाट शिक्षा दिने साहस गरेका नेपालभाषाका अगुवा माष्टर जगतसुन्दर मल्लकै नाममा उक्त विद्यालयको नाम जगतसुन्दर ब्वनेकुथि राखिएको हो ।
Categorized in उपत्यका