STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवाः मोर्चाबाट माणिकलाल श्रेष्ठ सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १, बिहिबार

नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालको तेस्रो राष्ट्रिय सम्मेलनमा प्रा. माणिकलाल श्रेष्ठको योगदानको कदर गर्दै सम्मानित भएका छन् । नेपालको वामपन्थी आन्दोलनका अगुवा, वामपन्थी बौद्धिक व्यक्तित्व र नेवारलगायत आदिवासी जनजाति मुक्ति आन्दोलनका अगुवा श्रेष्ठ नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका संरक्षक पनि हुन् । मुक्तिको लागि अथक योद्धाको रुपमा आजीवन सतिसाल बनी देश र उत्पीडित जनताको पक्षमा श्रेष्ठले दिएका योगदानको कदर गर्दै उहाँलाई सम्मान दिइएको नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालका अध्यक्ष पवनमान श्रेष्ठले बताएका छन् । स्वास्थ्यका कारण माणिकलाल श्रेष्ठ मोर्चाको सम्मेलनमा आउन नसकेकाले उहाँकै निवास पुगी सुस्वास्थ्यको कामनासहित सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।
Categorized in उपत्यका