STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गरगहना बनाउने तालिम–भवनको शिलान्यास

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण १, बिहिबार

काठमाडौं– काठमाडौं सुनचाँदी व्यवसायी संघको तालिम भवनको शिलान्यास काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले गरेका छन् । उक्त भवनमा संघले् सुनचाँदीका गरगहना बनाउने तालिम प्रशिक्षण केन्द्र निर्माण गर्न लागेको हो । फागुन १ गते बिहीबार काठमाडौंको कुसुमबियालाछीस्थित झ्वाःबहालमा आयोजित एक कार्यक्रमबीच सो भवनको शिलान्यास सम्पन्न भएको हो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी, २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्य, १७ वडाका वडाध्यक्ष नवीन मानन्धरलगायतको उपस्थिति रहेको थियो । काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले सुनचाँदीका गरगहना बनाउने तालिम आवश्यक रहेकोले सो तालिम केन्द्रको रुपमा भवन निर्माण हुनलागेको बताए । शाक्यले गरगहना बनाउने काममा आवश्यक जनशक्तिको विकास, शीप र व्यावासयिक क्षमताका पूर्वाधार तयार गर्न उक्त भवनमा प्रशिक्षण केन्द्र स्थापना गरिने जानकारी दिए । जनजातिखबर सँगको कुराकानीमा शाक्यले दक्ष जनशक्ति उत्पादन गरी बेरोजगारको समस्या समाधान गर्न यो योजना महत्वपूर्ण हुने बताए । परियोजनाको लक्ष्यअनुरुप आउँदो आर्थिक वर्षभित्र १ सयजनालाई प्रशिक्षण दिने र त्यसमध्ये उत्कृष्ट २० प्रशिक्षार्थीलाई नै अर्को प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको रुपमा नियुक्त गरिनेछ । तालिमको लागि १० प्रतिशत अपाङ्ग, १५ प्रतिशत महिला, १५ प्रतिशत जनजाति एवं पिछडिएका र ६० प्रतिशत परम्परागत पेशामा आवद्धलाई प्रशिक्षण दिइने पनि शाक्यले बताएका छन् ।
Categorized in उपत्यका