STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खोकना र बुङमती जोगाउन काठमाडौंमा वृहत् प्रदर्शनी

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २८, मंगलबार

काठमाडौं– ललितपुरको खोकना र बुङमतीको सांस्कृतिक अस्तित्व नष्ट गर्ने गरी सरकारले सो क्षेत्रलाई निशाना बनाई लागु गरेका विभिन्न आयोजनाप्रति खेद प्रकट गर्दै माघ २८ गते मंगलबार राजधानीमा एक वृहत् प्रदर्शनी निकालिएको छ । बुंगमती जनसरोकार समिति र खोकना जनसरोकार समितिको संयुक्त आयोजनामा जाउलाखेलबाट सुरु भएको जुलुुसले माइतीघरमण्डलमा पुगी विरोध प्रदर्शन गरेका थिए । उनीहरूले प्राचीन संस्कृति मासिने गरी सरकारले ल्याएका फाष्ट ट्र्याक, हाइटेन्सन लाइन, बाहिरी चक्रपथ, बागमती करिडोर, रेलमार्ग निर्माणजस्ता योजनाको विरोध गरेका थिए । बुंगमती र खोकना क्षेत्रमा राष्ट्रिय गौरवका योजनाहरु निर्माण गर्दा खोकनादेखि बुंगमतीका सबै नेवार समुदाय विस्थापित हुनुपर्ने र त्यहाँ भएका कला, संस्कृति नष्ट हुने अवस्था रहेको बुंगमती जनसरोकारका संयोजक अष्टबहादुर महर्जनले बताए । महर्जनले बुंगमती र खोकनालाई बचाउनका लागि यो दबावमूलक कार्यक्रमको रुपमा जनप्रदर्शन गरिएको जानकारी दिए । मंगलबारको जनप्रदर्शनमा उपत्यकाका संस्कृतिसम्बन्धी अभियन्ता, नेवार जातीय संघसंस्थाका प्रतिनिधि, नेवार अगुवाहरु, सडक विस्तार पीडित संघर्ष समितिका पदाधिकारीदेखि विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
Categorized in उपत्यका